Powered by Blogger.
हेटौंडामा मिस नेवा प्रतियोगिता हुने


हेटौंडा । नेवा साँस्कृतिक पुचःले हेटौंडामा नारायणी अञ्चल स्तरीय मिस नेवा प्रतियोगिता गर्ने भएको छ । पुचःले पत्रकार सम्मेलन गरेर मिस नेवा गर्न लागेको दिएको हो । पुचःका संयोजक विष्णु गोपाल महर्जनका अनुसार बुधबारबाट श्रावण महिना सम्म रजिष्ट्रेसन खुल्ला गरिएको छ । 

प्रतिस्पर्धाको फारमको लागि एक हजार रुपैंया र पछि ९ हजार ५ सय गरि कुल १० हजार पाँच सय रुपैया लाग्ने महर्जनले जानकारी दिनुभयो । यसै शुल्कबाट प्रतिस्पर्धिलाई नेवारी भाषा सिकाइने, नेवारी बाजा सिकाइने, अफिसियल ड्रेस, खाजा, काठमाण्डौं भ्रमण प्याकेज तथा तालिम समेत दिइने महर्जनले जानकारी दिनुभयो । 

भदौ ५ गतेबाट हेटौंडा सहित बिरगंज, चितवन र चन्द्रपुरमा अडिसन हुने र कार्यक्रमको प्रमुख अतिथि मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य आउने पक्का भएको आयोजकले जनाएको छ ।  

प्रतियोगितामा मिस नेवालाई ताज सहित तिस हजार, फस्ट रनरअपलाई २० हजार र सेकेण्ड रनरअपलाई १० हजार नगद सहित विभिन्न प्रकारका आकर्षक गिफ्ट हेम्पर तथा प्रमाणपत्र प्रदान गरिने महर्जनले जानकारी दिनुभयो । 

रबिन्द्र बर्जाचार्यले कोरीयोग्राफि गर्ने प्रतियोगितामा प्रथम हुनेलाई मिस नेपालमा सहज प्रवेश गराइने जानकारी दिइयो । उत्कृष्ट प्रतिस्पर्धिलाई हेटौंडा मुभि मेकर टिमले निर्माण गर्ने चलचित्रमा महत्वपूर्ण भूमिका दिइने टिमका अध्यक्ष नरेन्द्र महर्जनले बताउनु भयो । कुल १० लाख २० हजार रुपैया खर्च हुने प्रतिस्पर्धाको कार्यक्रम ३५ दिन सम्म चल्नेछ ।




0 comments

Write Down Your Responses