Powered by Blogger.
बुढानिलकण्ठको चरणबद्ध विकासमा लाग्छुः पोखरेल


काठमाडौं । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले जनताको चाहना र अपेक्षा अनुसार नै आफुले काम गर्ने बताउनुभएको छ । 

आइतवार बुढानिलकण्ठ नगरपालिका वडा नं. ४ को पासीकोटमा आयोजित मतदाता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले त्यसक्षेत्रको विकासका निम्ति जनतासँगै रहेर काम गर्ने इच्छुक भएको बताउनुभयो ।

‘म हिजो पनि तपाईहरुसँगै थिए, भोली पनि तपाईहरुका साथमा रहेर यस क्षेत्रका अपार सम्भावना बोकेका विविध कामहरुलाई अघि बढाउन तत्पर छु’ महासचिव पोखरेलले भन्नुभयो ।

उहाँले बुढानिलकण्ठमा खानेपानीको प्राकृतिक स्रोतलाई उचित व्यवस्थापन गरेर जनताको घरदैलोमा पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

उहाँले निकट भविष्यमै यसक्षेत्रमा उच्च शिक्षासम्मको अध्ययनको प्रवन्ध सहित प्राविधिक तथा व्यवसायिक शिक्षामा जोड दिदैं स्नातकोत्तर तहसम्मको अध्ययनका लागि आवश्यक पूर्वाधार तयार पारिने बताउनुभयो । 

बुढानिलकण्ठलाई ऐतिहाँसिक धार्मिक तथा सांस्कृतिक पर्यटनको केन्द्रको रुपमा आफुले विकास गर्ने चाहेको बताउँदै निकट भविष्यमै बुढानिलकण्ठको चरणबद्ध रुपमा दिर्घकालीन विकासको योजना निर्माण गरि सोको कार्यथालनी गरिने प्रष्ट पार्नुभयो ।




0 comments

Write Down Your Responses