Powered by Blogger.
नेतृत्व र नैतिकता विकासका लागि २ दिने सेमिनार सम्पन्न

हेटौँडा, २ फागुन । युवाहरुको नेतृत्व तथा नैतिक विकासका लागि मकवानपुरको हेटौँडामा २ दिने सेमिनार बिहीबार सम्पन्न भएको छ । विश्वशान्ति तथा एकीकृत परिवार संघ नेपाल ९ँँध्एग्(ल्भउब०ि मकवानपुर शाखा तथा सिद्धान्त अनुसन्धान महाविद्यालय संघ नेपाल ९ऋब्च्ए(ल्भउब०ि मकवानपुर शाखाले सेमिनारको आयोजना गरेको हो ।

बुधबारदेखि हेटौँडा ५ सानोपोखरामा अवस्थित संस्थाको हलमा संचालित सेमिनारमा २५ जना भन्दा बढी किशोर–किशोरी तथा युवाहरुले सहभागिता जनाएका थिए । सेमिनारमा सहभागीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि एवम् तामाङ पत्रकार संघ मकवानपुर शाखाका अध्यक्ष चन्द्र घलानले प्रमाणपत्र वितरण गरेका थिए । साथै सेमिनारको समूह कार्यमा विजयी भएको समूहलाई पुरस्कार समेत वितरण गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि घलानले युवाहरुलाई नैतिक शिक्षाको समेत आवश्यकता रहेको बताउँदै सेमिनारमा सहभागीहरुलाई सिकेका कुरा व्यवहारमा उतार्न जोड दिए । सेमिनारमा सहभागी युवाहरुले दुई दिने सेमिनारले आफुहरुमा नैतिक जागरण गराएको बताए । सेमिनारबाट युवाहरुको कर्तव्य बोध हुनुका साथै आफु जीवनमा कसरी अगाडि बढ्ने र समाजिक सेवामा कसरी लाग्ने भन्ने प्रेरणा समेत मिलेको सहभागीहरुले बताए । कार्यक्रम घलानको प्रमुख आतिथ्यता तथा मकवानपुरे संचारकर्मी सन्देश थिङको आतिथ्यतामा सम्पन्न भएको हो ।

सेमिनारमा चन्द्रबहादुर विश्वकर्मा, सानुकान्छा घलान र एक्काबहादुर घिसिङले प्रशिक्षण दिएका थिए । सेमिनारका बारेमा बताउँदै संस्थाका मकवानपुर जिल्ला संयोजक शुवास लामाले संस्थाले युुवावर्गमा भएका विभिन्न विचलनमा सुधार ल्याउने र युगले सुम्पेको युगीन दायित्व पूरा गर्न युवाहरुलाई शसक्तीकरण गर्ने उद्देश्यले चेतनामूलक, शिक्षामूलक एवं सेवामूलक विविध कार्यक्रम, सेमिनार र गोष्ठी देशव्यापी रुपमा संचालन गर्दै आईरहेको बताए । साथै पारिवारिक बिखन्डन तथा पारिवारिक समास्या, युुवावर्गमा अहिले आइरहेको विचलनमा सुधार ल्याउने उद्देश्यले ‘प्योर लभ नेपाल’ भन्ने नयाँ अभियान समेत सञ्चालन गरिरहेको लामाले जानकारी दिए ।

0 comments

Write Down Your Responses