Powered by Blogger.
पालुङ बहुउदेश्यीयको १६ औं साधारणसभा सम्पन्न


पालुङ ।  नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर तथा राष्ट्रिय योजना आयोगका  समेत पूर्व उपाध्यक्ष डा.युवराज खतिवडाले सहकारीले रोजगारीको सिर्जना गरेर आर्थिक पाटोलाई वृद्धि गर्ने भएकोले अहम भुमिका खेल्नु पर्ने बताउनु भयो । शनिबार मकवानपुरको थाहा नगरपालिकामा  पालुङ वहुउद्देश्यीय सहकारी संस्गा लिमिटेडको वार्षिक साधारण सभाको उद्घाटन गर्दै डा. खतिवडाले यस्तो बताउनुभएको हो ।

थाहा नगरपालिका पर्यटकीय क्षेत्रको ठुलो सम्भावना बोकेको ठाँउ भएकाले सहकारी मार्फत यसको व्यापक प्रचार प्रसार गर्नको लागि आवश्यक रहेको उहाँको भनाई थियो । पालुङ बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारण सभाको प्रमुख अतिथि रहेका खतिवडाले दामन पालुङ तरकारीको पकेट क्षेत्र भनेर चिनिने भएकोले यस क्षेत्रलाई हरेक तवरबाट चिनाउनको लागि विभिन्न राजनितिका पार्टीका प्रतिनिधी  तथा सहकारीमा आवद्ध सदस्यहरु एक भएर लाग्नु पर्ने बताउनु भयो ।

सहकारीका अध्यक्ष बिमलकुमार ढकालको सभाध्यक्षतामा भएको कार्यक्रममा उनले  शेयर पूँजीमा गत वर्षको तुलनामा ७२.७२ प्रतिशतले वृद्धि भई ४ करोड ५८ लाख २६ हजार २ सय पुगेको बताउनु भयो । त्यस्तै विभिन्न कोषहरुमा गत वर्षको तुलनामा ३५ प्रतिशतले वृद्धिभई  ५ करोड २४ लाख १ हजार ४० रुपिंया पु¥याई आर्थिक रुपममा सक्षम संस्था बनाउन सफल भएको जानकारी दिए  ।

उनले प्रतिवेदन प्रस्तुत गदैँ विनासकारी महाभुकम्पबाट पीडितका लागि राष्ट्रिय सहकारी र जिल्ला सहकारी संघ मकवानपुरको निर्णय अनुसार सञ्चालक समिती, लेखा समितिकको एक पटकको बैठक भत्ता, कर्मचारीहरुको एक दिन बरावरको तलव र सहकारीका सदस्यहरुको प्रति सदस्य  १० रुपैयाका दरले  हुने रकम प्राकृतिक प्रकोप राहत कोषमा जम्मा गरिएको जानकारी दिनुभयो । 

साधारण सभामा कोषाध्यक्ष केबि विष्टले आर्थिक वर्ष ०७१÷०७२ को आय व्यय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो  । संस्थाले गत वर्षको तुलनामा यस वर्र्ष ३३ .१७ प्रतिशत आर्थिक वृद्धि भएको विष्टले बताउनु भयो । आर्थिक वर्ष २०७१÷७२मा कुल पँजी ४ करोड ५८ लाख २६ हजार ६ सय रहेको संस्थाले यस वर्ष १ करोड ४८ हजार ६७ हजार ३ सय ९८ रुपैयाँ खुद नाफा भएको उहाको भनाई थियो । 

३ हजार १ सय १० जना शेयर सदस्य रहेको संस्थामा १ सय ४ वटा महिला समुह आवद्ध छन् । संस्थाले जेष्ठ नागरिक सम्मान, कृषि कर्जा कारोवार तर्फ, व्यापारिक कर्जा तर्फ, दैनिक किस्ता कर्जा कारोवार तर्फ, दैनिक बचत कराोवार तर्फ, लघुवित्त कार्यक्रम तर्फ, महिला सशक्तिकरण लघुवित्त सदस्य तर्पm र मकवानपुरको उत्तरी भेगका संस्थागत र सामुदायिक विद्यालयका एसएलसीमा उत्कृष्ट नतिजा ल्याउन सफल भएका २÷२ जना विद्याथीहरुलाई सम्मान गरेको थियो । 







0 comments

Write Down Your Responses