Powered by Blogger.
जिविस पूर्व सभापतिकै घरबाट होमस्टे सञ्चालन



फाखेल(मकवानपुर), ८ असोज । मकवानपुरको फाखेल गाविसमा होम स्टे सञ्चालनमा आएको छ । 

तीन जना अस्ट्रेलियन नागरिकको भब्य स्वागत गर्दै फाखेल ४ कफ्लेनी स्थित पूर्व सांस्द तथा मकवानपुर जिल्ला विकास समितिका सभापती वीरबहादुर लामाको घरमा औपचारिक  कार्यक्रम आयोजना गरि होम स्टे सन्चालनमा ल्याएको हो ।

फाखेलमा पर्यटनको विकासका लागि यो कार्यले कोसेढुङाको काम गर्ने लामाको अपेक्षा छ । मकवानपुरको पर्यापर्यटन अभियानका अभियन्ता समेत रहेका लामाले यस कार्यक्रमलाई फाखेल गाविस भरी नै विस्तार गर्ने र स्वरोजगारीको अवसर सिर्जना गर्ने कार्यका लागि सबै लाई यस तर्फ ध्यानाकर्षण गराउनु भएको थियो ।




0 comments

Write Down Your Responses