Powered by Blogger.
दैलेखका २१ उच्च माविमा वायरलेस इन्टरनेट जडान


दैलेख । दैलेख जिल्लाका २१ वटा सामुदायिक उच्च माध्यमिक तहका विद्यालयहरूमा वायरलेस इन्टरनेट जडान गरिएको छ ।   शिक्षालाई सूचना, सञ्चार र प्रविधिसँग जोड्नका लागि जिल्ला विकास समिति दैलेख, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको आर्थिक सहयोगमा रूपान्तरण नेपाललेसोलार जोडिएका र विद्युत लाईन पुगेका स्थानमा वायरलेस इन्टरनेट जडान गरेको हो ।

दैलेख जिल्ला निर्वाचन क्षेत्र नम्मर १ का १३ वटा उच्च मावि र निर्वाचन क्षेत्र नं. २ का ८ वटा उच्च माविहरूमा वायरलेस इन्टरनेट जडान गरिएको हो । इन्टरनेट जडान गरिएका सम्पूर्ण विद्यालयका कम्प्युटर शिक्षकहरूलाई दैलेख सदरमुकाममा १ हप्ते कम्प्युटर तालिम समेत प्रदान गरी सम्पूर्ण विद्यालयहरूलाई साउण्ड सिस्टम, मिडास इ–क्लासहरू तथा निर्वाचन क्षेत्र नं. १ का २ वटा उच्च मा.वि. र निर्वाचन क्षेत्र नं. २ का २ वटा उच्च मा.वि हरुलाई प्रोजेक्टर प्रदान गर्नुका साथै अनलाईन कक्षा पनि सञ्चालन गरिएको छ । 

यो महत्वपूर्ण परियोजना अगाडि बढाउन निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट दैलेख जिल्ला निर्वाचन क्षेत्र नं. १ का सांसद अम्मरबहादुर थापा र निर्वाचन क्षेत्र नं. २ का सांसद लक्ष्मीप्रसाद पोखरेलले बजेट विनियोजन गर्नु भएको हो । 

हाम्रो शिक्षालाई देशभित्र मात्र नभई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम जनशक्ति उत्पादन गर्ने किसिमले विकास गर्नका लागि सार्वजनिक शिक्षा सुधारका लागि जागरण ल्याउदै शिक्षामा सूचना, सञ्चार तथा प्रविधिको प्रयोगले प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न मद्दत गर्ने हेतुले यो परियोजना अगाडि बढाईएको हो । नेपाल टेलिकमको सूचना व्यवस्थापन पद्धतिले भर्खरै बाहिर ल्याएको तथ्याङ्क अनुसार कुल जनसङ्ख्याको ४४ प्रतिशल (१ करोड १० लाख भन्दा) बढि मानिसहरु इन्टरनेटमा पहँच राख्दछन् भन्ने कुरा बाहिर आएको छ । तर अधिकाँश प्रयोगकर्ताहरूले इन्टरनेटको प्रयोग सामाजिक सञ्जालहरूमा जोडिनका लागि मात्र प्रयोग गरेको पाइन्छ ।

‘यस परियोजनाका माध्यमबाट इन्टरनेटको प्रयोगले विविध विषय सम्बन्धी विश्वभरी भएका नयाँ नयाँ सूचनाहरू शिक्षक विद्यार्थीहरुले सहजै जानकारी प्राप्त गरी शिक्षालाई बढि भन्दा बढि खोज अनुसन्धानमुलक बनाउन ठूलो टेवा पुर्याउन सक्दछ भन्ने अपेक्षा गरेका छौं’ अभियान्ता एवम् संस्थाका अध्यक्ष मोहन शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यहि प्रविधिका माध्यमबाट आज हामी एक ठाउ‘बाट अर्को ठाउ‘मा पढ्न–पढाउन सक्छौं, एक अर्कास‘ग भएका ज्ञानहरु आदान प्रदान गर्न सक्छौं, अनलाइन मिटिङ, सम्मेलन, कार्यक्रमहरु आयोजना गर्न सक्छौं ।’



0 comments

Write Down Your Responses