Powered by Blogger.
डाडाखर्कमा चट्याङ लागेर ७ जना घाईते,२ जनाको अवस्था गम्भिर

मकवानपुर,असार १७ / मकवानपुरको डाडाखर्क गाविसको वडा नं. ७ मा चट्याङ्ग लागेर ५ घाईते भएका छन । भने दुई जनाको अवस्था गम्भिर रहेको जनाएको छ । सानो डाडाखर्कको वडा नम्बर ७ मा रहेको विद्यालयमा नेपाल रेडक्रसको पूर्ण खोप कार्यक्रम भईरहेको बेला गाउँमा चट्याङ्ग लागेको निर्मल हेथ्य क्लीनका प्रोपाइटर निर्मल तिमल्सेनाले जानकारी दिनु भयो ।  डाडाखर्क वडा नं. ७ निवासी वर्ष ३७ का भिम बहादुर मोक्तान र  २७ वर्ष सरिता मोक्तान  व्याहोस अवस्था रहेको तिमल्सेनाले बताउनु भयो ।  उनीहरुलाई उपचारको लागि करिब २ घण्टाको बाटोको यात्रा गर्दै विरामीहरुलाई ल्याउदै गरेको जनाएको छ । दिउसो ३ः३५ बजे तिर लागेको चट्याङ्गले केही स्थानियमा भने मुटु हल्लिने, टाउको दुख्ने जस्ता समस्या देखिएको तिमल्सीनाले जानकारी दिनुभयो ।

0 comments

Write Down Your Responses