Powered by Blogger.
थाहामा ५५ जनाद्धारा रक्तदान

थाहानगर,१६ मंसिर /  पालुङ जेसिजको आयोजनामा भएकोे रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन् । “रक्तदान, जिवनदान”भन्ने मुल नाराको साथ उत्तरी मकवानपुरको थाहा नगरपालिकामा भएको रक्तदानमा ५१ जना पुरुष र ४ जना महिला सहित ५५ जनाले रक्तदान गरेका हुन् ।
‘रगतको अभावमा कोही कसैले ज्यान गुमाउन नपरोस् भन्ने अभिप्रायले उक्त कार्यक्रम आयोजना गरिएको वर्ष २०१६ का अध्यक्ष शिवकुमार खत्रीले बताउनु भयो ।  जेसिजका पूर्व अध्यक्षहरू खड्ग गोपाली र भरत गोपालीको आर्थिक सहयोग हरेक वर्ष हुने गरेको रक्तदान कार्यक्रमको लागि अञ्जन प्रधान, रामकुमार रायमाझी, राम कार्की लगायतले समेत सहयोग गरेका थिए । 
बर्ष २०१६ का अध्यक्ष शिब कुमार खत्रीको सभाध्यक्षमा भएको रक्तदान कार्यक्रममा पत्रकार,व्यवासायि,समाज सेवि लगायत विभिन्न व्यक्तिले रक्तदान गरेका थिए ।  रक्तदाताहरुलाई प्रशंसा पत्र र फलफुल समेत वितरण गरिएको थियो । सो रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी केन्द्र काठमाण्डैका धन भण्डारी, मनिषा दनुवार, जानुका कँुवर, रचना पौडेल शंकर बस्नेत लगायतले सहजीकरण गर्नु भएको थियो । 

0 comments

Write Down Your Responses