Powered by Blogger.
‘सार्वजनिक व्यवस्थापनका अन्तर्वस्तु’ पुस्तक सार्वजनिक


काठमाडौँ । नेकपा(एमाले)का उपाध्यक्ष भीम रावलले संविधान संशोधन विधेयक दर्ता गराएर भ्रम सिर्जना गरिएको बताउनुभएको छ ।

प्रेस काउन्सिलका सदस्य एवम् नेपाल पत्रकार महासङ्घ काठमाडौँका अध्यक्ष गोविन्द चौलागाईंले सम्पादन गर्नुभएको ‘सार्वजनिक व्यवस्थापनका अन्तर्वस्तु’ विषयक पुस्तकको बुधबार सार्वजनिक गर्दै उहाँले त्यस्तो प्रतिक्रिया दिनुभएको हो । 

प्रशासन, प्रशासनमा पुनःसंरचना, सुशासन, संविधानको कार्यान्वयनलगायत विषयमा केन्द्रित भएका लेखको सङ्गालोका रुपमा पुस्तक तयार गरिएको हो । सो कार्यक्रममा रावलले भन्नुभयो, “जसलाई सम्बोधन गर्न संशोधन विधेयक दर्ता भएको हो । त्यतिबेला पनि मोर्चाले हामीलाई दुई वटा बुँदामा संशोधन गरौँ । हामी मान्छौँ भने । तत्कालीन प्रधानमन्त्री केपी ओलीले होला भनेर संशोधन प्रस्ताव पारित गराउनुभयो । अहिलेका प्रधानमन्त्रीलाई पनि त्यस्तै भ्रम परेको होला ।”

पुस्तकमा सचिव प्रेमकुमार राई, पूर्वसचिव एवम् गरिबी निवारण कोषका उपाध्यक्ष युवराज पाण्डेले टिप्पणी गर्दै प्रशासनिक सुधार र व्यवस्थापनमा यसले टेवा पु¥याउने विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा राष्ट्रिय सुचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटा, प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की, पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट लगायतले शुभककामना दिनुभएको थियो । कार्यक्रमको सञ्चालन वेदनाथ कोइरालाले गर्नुभएको थियो । 

0 comments

Write Down Your Responses