Powered by Blogger.
एसइइमा उत्कृष्ट नतिजा ल्याई अरविन्द कुसवाह मकवानपुर जिल्ला प्रथम

मकवानपुर / तुलसी मेयर मेमोरियल सेकेन्डरी विद्यालयमा अध्ययनरत अरविन्द कुसवाह मकवानपुर जिल्ला कै एसइइमा उत्कृष्ठ नतिजा ल्याई जिल्ला प्रथम भएका छन् । 

आज विद्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि मकवानपुर जिल्लाका सामुदायिक तथा निजि विद्यालयका विद्यार्थी मध्ये कुसवाह प्रंथम भएको विद्यालयले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै विद्यालयका ब्यवस्थापन समिति अध्यक्ष यम सिलवालले यो वर्ष आफुहरुको विद्यालयबाट ३ दशमलब ९५ जिपिए ल्याएर कुशवाह जिल्ला प्रथम भएको बताए ।  जिल्ला प्रथम भएपछि प्रतिक्रिया दिँदै विद्यार्थी कुसवाहले आफ्नो मेहनत र शिक्षकहरुको मेहनतले गर्दा यो नतिजा आएको बताए । 

आवासीय सुविधा समेत रहेको विद्यायलमा छिमेकी जिल्लाहरु बारा, पर्सा, रौतहट लगाएतको क्षेत्रबाट समेत विद्यार्थीहरुको उपस्थिती बाक्लो हुने गरेको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

 विद्यालयले भोलि शुक्रबार एसईईमा उर्तिण भएका विद्यार्थीहरुलाई बधाई तथा सम्मान गर्ने कार्यक्रम रहेको विद्यालयले जनाएको छ ।  विद्यालययमा १६ सय ५० जना विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयय २०३७ सालमा स्थापना भएको हो । पत्रकार सम्मेलनमा विद्यालयमा प्रधानाध्यापक रघुनाथ खराल, सञ्चालक पुरुषोत्तम खनाल लगाएतको सहभागिता रहेको थियो 

0 comments

Write Down Your Responses