Powered by Blogger.
अनुमति नलिई प्राविधिक कलेज सञ्चालनमा, प्रशासन कार्यालय बेखबर-२ सय ३५ जना विद्यार्थीको भविष्य अन्यौल


हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ स्थित जिल्ला प्रशासन कार्यालयको नजिकै अबैध रुपमा चुरियामाई टेक्निकल कलेज सञ्चालनमा रहेको छ । नेपाल सरकारबाट मान्यता प्राप्त उल्लेख गरेका होर्डिङ्गबोर्ड हेटौंडा बजारको विभिन्न स्थानमा राखेर अबैध रुपमा सिटीईभिटीको पाठ्यक्रमको औद्योगिक क्षेत्रकालागि हाउस वायरिङ्ग, इण्डष्ट्रियल वाईरिङ्ग कक्षाहरु अबैध रुपमा सञ्चालन गरिरहेको छ ।



कलेज कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनीको नाम मात्र दर्ता गरेको छ । यस बाहेक कलेजले सिटिभिटी वा नेपाल सरकारका शैक्षिक संस्था अनुमति दिने निकायबाट अनुमती लिएर मात्रै कक्षा सञ्चानल गर्नुपर्ने नियम छ । तर सम्बन्धित निकायबाट लिनुपर्ने स्वीकृति तथा सम्बन्धन केही नलिई कक्षा सञ्चालन गरेपछि २ सय ३५ विद्यार्थी अन्योलमा परेका छन् ।


Image may contain: 3 people, people sitting and indoor
कलेजले कम्पनीमा दर्ता गरेको १८५६२८ नम्बरको प्रमाण पत्रमा पनि उद्देश्य कार्यान्वयन गर्ने इजाजत नभएको र सम्बन्धित निकायबाट अनुमति लिएर मात्र सञ्चालन गर्ने भनी उल्लेख गरेको छ । यस विषयमा कलेजका प्रिन्सिपल विकास झाले भने अनुमति लिने प्रकृयामा रहेको बताउदै आएका छन् ।

कलेजले बुटबल टेक्निकल कलेजको सफलता पछि अब हेटौडामा भन्दै प्रचार गरिरहेको भएपनि बुटबल टेक्निकल कलेजसँग कुनै सम्बन्ध नरहेको सो कलेजका सुशील श्रेष्ठले बताएका छन् ।

प्रति विद्यार्थी ४५ देखि ६० हजार सम्म शुल्क लिएर कक्षा सञ्चालन गरिरहेको सो कलेजमा ४० जना छात्रा र १ सय ९५ जना छात्र गरी २ सय ३५ जना विद्यार्थीहरुबाट करीब १ करोड ४० लाख शुल्क कलेजले लिएको छ । त्यतिमात्र होईन, आन्तरिक राजश्व कार्यालयको भ्याटमा दर्तापछि मात्रै शैक्षिक संस्था सञ्चालन गर्नुपर्नेमा कलेजले राजश्व छल्नका लागि प्यानमा मात्रै दर्ता गरेको छ ।

तर जिल्ला प्रशासन कार्यालय भन्दा २ सय मिटरको दुरीमा भैरहेको शैक्षिक ठगीको धन्दाको विषयमा प्रशासन भने बेखर जस्तै रहेको छ ।
 देवराज पन्त टिभी जर्नलिस्ट न्युज 24- सिधा कुरा जनतासंग कार्यक्रमबाट साभार ।

0 comments

Write Down Your Responses