Powered by Blogger.
हरिबहादुर महतको ‘नरोउ छोरी तीजमा आँउछु लिनलाई’ विमोचन


काठमाडौं । नेपाली हिन्दु नारीहरुको महान चाड हरितालिका तिज जति जति नजिकिँदै छ , त्यति नयाँ तिज गीत बजारमा आउने क्रम बढिरहेको छ । 

यसै क्रममा बिभिन्न कलाकारहरु तिज गीत बिमोचन गर्न भ्याई नभ्याई लागिपरिरहेका छन् । पछिल्लोपटक पर्यटन,भजन र लोकभाकाहरु गरेर तिन दर्जनजति म्युजिक भिडीयो निकालिसकेका चर्चित गायक हरि बहादुर महतको ‘नरोउ छोरी तीजमा आउछु लिनलाई’ भन्ने बोलको तिज गीत बिमोचन गरीएको छ । 

महतको यस तिज गीतलाइ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित लगायतका अतिथिले बिमोचन गरेका थिए  ।

हरिहरभवन स्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको निवासमा भएको बिमोचन कार्यक्रममा प्रमुख अतिथिको रुपमा स्वयम् मन्त्री लालबाबु पण्डित, विशिष्ट अतिथि बिमला महत, अतिथि प्रेस काउन्सिल नेपालका सदस्य गोबिन्द चौलागाई, नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शन्तराम बिडारी, बरिष्ठ पत्रकार राजिब  सिलवाल लगायत अन्य माहानुभावहरु रहेका थिए  । 

प्रमुख अतिथि मन्त्री पण्डितले महतको तिजको गीत हेरेपछि आफुलाई यो गीत निकै मन परेको र अत्यन्त मर्मस्पर्सी अनि समाजमा सकारात्मक सन्देश दिन सफल हुनेकुरा व्यक्त गरे ।

यसका साथै, बिमोचन कार्यक्रममा बोल्दै गाएक हरिबहादुर महतले आफु र आफ्नो टिमले यस गीतको लागि भनेर निकै नै मेहनत गरेको बताउदै यो तिज गीत दर्शकहरुले अवश्यनै  मन पराइदिनु हुनेमा आफु पूर्ण आशावादी रहेको बताए ।

बिहानी सांगितिक समुहको प्रस्तुति रहेको यो तिज गीतको शब्द र लय र गायक  हरिबहादुर महतको रहेको छ भने गायिकाहरुमा डोलमाया गुरुङ,देबी महतो र गौमती चौलागाई रहेका छन् ।

यस्तै सन्तोष पौडेलको रेकर्डिङ रहेको यस गीतमा एरेन्ज गर्ने काम जुजु गुरुङले गरेका छन् ।कार्यक्रमको सञ्चालन महत समाजका महासचिव युवराज महतले गरेका थिए भने स्वागत  अधिवक्ता नारायण पौडेलले गरेका थिए । 




0 comments

Write Down Your Responses