Powered by Blogger.
मकवानपुरमा पहिलो पटक दुनाटपरी प्रतियोगिता, प्रतियोगितामा शर्मिला सदाशंकर प्रथम

मकवानपुर / मकवानपुरमा पहिलो पटक दुनाटपरी प्रतियोगिता भएको छ । हरितालिका तिज २०७५ को अवसरमा रेडियो सरोबर ९२.५ मेगाहर्जले आयोजना गरेको दुनाटपरी प्रतियोगितामा ११ जनालाई उछिन्दै हेटौडाकी शर्मिला सदासशंकर प्रथम भएकी छिन् । ११ जना अबिबाहित चेलीहरुले सहभागिता रहेको प्रतियोगितामा निरु खड्का द्धितिय र सुधा श्रेष्ठ तृतिय भएकी छिन् ।
Image may contain: 5 people, including Samita Rasailee, people smiling, people standing and indoor
हेटौडाको पशुपति मन्दिरको सभाहलको भएको प्रतियोगितामा ३ जना उत्कृष्ट भएका भए । १० मिनेट भित्र दुना टपरी र बत्ति काट्नुपर्ने समय छुट्याइएको थियो । सोहि समय भित्र राम्रो टपरी गाँस्ने र धेरै बत्ति काट्ने उत्कृष्ट ३ जनालाई सम्मान सहित गहना र महिलाका श्रृगारका सामाग्री प्रदान गरिएको रेडियोको स्टेसन कोअर्डिनेटर रबिन्द्र गौतमले जानकारी दिए ।
हाम्रो कला सस्कृति र परम्परा पछिल्लो पुस्ताले बिर्सिदै गएकाले यसको जगेर्ना गर्नुपर्छ भन्ने संदेश दिन यस्तो खालको प्रतियोगिता आयोजना गरेको रेडियोका स्टेसन म्यानेजर राजु लामिछानेले बताउनुभयो ।

एफएम संचालक समितिका सदस्य बैकुण्ठ बलामीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य मुनु सिग्देल, बिशेष अतिथि हेटौडा उपमहानगरपालिकाकि उप(प्रमुख मिना लामा, अभिभावक संघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, मकवानपुर प्रहरी प्रमुख एसपी बुद्धिराज गुरुङ, ४ नम्बर वडा अध्यक्ष नबिन सिग्देल, पत्रकार महासंघ मकवानपुर साखाका अध्यक्ष हरी हुमागाईं, प्रदेश ३ सचिव कृष्ण सारु मगर लगाएतको उपस्थिति रहेको थियो ।

0 comments

Write Down Your Responses