Powered by Blogger.
रेडियो सरोबरले ग¥यो मकवानपुरे ५ चेलीलाई सम्मान

मकवानपुर /  मकवानपुरे ५ चेलीलाई रेडियो सरोबरले सम्मान गरेको छ । महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा ’सरोबर चेली सम्मान २०७५’ बाट मकवानपुरमा रहेर विभिन्न क्षेत्रमा योगदान पु¥याएका ५ चेलीलाई एफएमले सम्मान गरेको हो । 
एफएमले सामाजिक क्षेत्रबाट सम्झना पौडेल, राजनीतिक बाट तिर्थदेवी सिलवाल, शिक्षाबाट निमटोल्मा आचार्य र पत्रकारिता क्षेत्रबाट मिना श्रेष्ठलाई सम्मान गरेको रेडियोका स्टेसन म्यानेजर राजु लामिछानेले जानकारी दिनुभयोे ।
साथै रेडियो सरोबरका स्टेसन संयोजक रबिन्द्र गौतम ’उत्कृष्ट कर्मचारी’को रुपमा सम्मानित भए ।
त्यस्तै रेडियोले दुनाटपरी गास्ने, बत्ति काट्ने प्रतियोगिता ’आयोजना गरेको थियो । हेटौडाको पशुपति मन्दिरको सभाहलको भएको कार्यक्रममा ११ जना अबिबाहित चेलीहरुले भाग लिएका थिए । १० मिनेट भित्र दुना टपरी र बत्ति काट्नुपर्ने समय छुट्याइएको थियो । प्रतियोगितामा ३ जना उत्कृष्ट भए । दिइएको समय भित्र राम्रो टपरी गास्ने र धेरै बत्ति काट्ने उत्कृष्ट ३ जनालाई सम्मान सहित गहना र महिलाका श्रृगारका सामाग्री प्रदान गरिएको रेडियोको स्टेसन कोअर्डिनेटर रबिन्द्र गौतमले जानकारी दिए ।

प्रतियोगितामा सुधा श्रेष्ठ तृतीय, निरु खड्का दृतिय र शर्मिला सदासंकर प्रथम भईन् । एफएम संचालक समितिका सदस्य बैकुण्ठ बलामीको अध्यक्षता तथा प्रदेश सभा सदस्य मुनु सिग्देलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य मुनु सिग्देलले महिलाहरुले जे पनि गर्न सक्छौ भनेर अघि बढे समाज परिवर्तन हुन समय नलाग्ने बताउनुभयो । 
एमएमले चेली सम्मान गरेर उर्जा थप्ने काम गरेको र नयाँ पुस्ताले हाम्रो कला संस्कृति भुल्न हुन्न भन्ने संदेश दिन दुनाटपरी र बत्ति काट्ने प्रतियोगिता आयोजना गरेकोमा धन्यबाद दिनुभयो । कार्यक्रममा रेडियोका स्टेसन म्यानेजर राजु लामिछानेले हाम्रो कला सस्कृति र परम्परा पछिल्लो पुस्ताले बिर्सिदै गएकाले यसको जगेर्ना गर्नुपर्छ भन्ने संदेश दिन खुल्ला दुनाटपरी र बत्ति काट्ने प्रतियोगिता आयोजना गरेको बताउनुभयो । रेडियाले कार्यक्रममा उपस्थित र नाचगानमा सहभागी ३ सय बढी महिलाहरुलाई उपहार समेत दिएको थियो ।

 एफएम संचालक समितिका सदस्य बैकुण्ठ बलामीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य मुनु सिग्देल, बिशेष अतिथि हेटौडा उपमहानगरपालिकाकि उपप्रमुख मिना लामा, अभिभावक संघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, मकवानपुर प्रहरी प्रमुख एस.पी. बुद्धिराज गुरुङ, ४ नम्बर वडा अध्यक्ष नबिन सिग्देल, देश ३ सचिव कृष्ण सारु मगर, पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष हरी हुमागाई लगायतको उपस्थिति रहेको थियो ।




0 comments

Write Down Your Responses