Powered by Blogger.
मदन पुरस्कार प्राप्त कृति ‘जीवन काँडा कि फूल’ माथि सिनेमा निर्माण, चैत २० बाट प्रदर्शनीमा

काठमाडौँ । ‘साहित्यकार झमककुमारी घिमिरेको ‘जीवन काँडा कि फूल’ कृतिमा आधारित चलचित्र निर्माण भएको छ । 

करीब दुई घण्टा समयावधिको उक्त चलचित्रको छायाङ्कन धनकुटास्थित घिमिरेको निवासस्थल तथा धरान र ललितपुरमा गरिएको छ । विनोद विष्टले निर्माण गर्नुभएको चलचित्रमा घिमिरेको सङ्घर्षका साथै उहाँले प्रयोग गर्ने सामग्रीलाई समावेश गरिएको छ । सो चलचित्र आगामी चैत २२ गते देशभर प्रदर्शन गरिने बताइएको छ । 

आयोजित पत्रकार सम्मेलनमा निर्माता विष्टले ६ वर्षको समयावधि लगाएर अनुसन्धान गरी सम्पन्न गरिएको चलचित्र निर्माण लागत ६५ लाख रहेको जानकारी दिनुभयो । 



कार्यक्रममा नेपाल पत्रकार महासङ्घ काठमाडौँका सभापति सन्तराम बिंडारीले जीवन्त कथा वस्तुमा आधारित चलचित्र निर्माण गर्नु चुनौतीपूर्ण रहेको बताउँदै घिमिरेको जीवन सङ्घर्ष धेरैका लागि प्रेरणादायी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

चलचित्र निर्माता सङ्घका अध्यक्ष एवं सिने निर्देशक आकाश अधिकारीले शारीरिक अपाङ्गता भएका व्यक्तिले पनि केही गर्न सक्ने सन्देश सो फिल्मले दिएको बताउनुभयो ।  उहाँले घिमिरेको बौद्धिकतालाई बुझाउन यो चलचित्रले ठूलो सहयोग पु¥याउने बताउँदै चलचित्रको विश्व बजारमा प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कलाकार मोहन निरौला, सङ्गीतकार राजु सिंह लगायतले शारीरिक अपाङ्गता भएका व्यक्तिले पनि नेपाली साहित्यको विकासमा योगदान पु¥याएको बताउनुभयो । चलचित्रमा रोजिता बुद्धाचार्य, किसन सुनार, उमा गिरी लगायत कलाकारले अभिनय गर्नुभएको छ भने गायिका जुनु गौतमले गीत गाउनुभएको छ । 

बिहिबार राजधानीमा एक कार्यक्रमकाबीच चलचित्रको प्रदर्शन मिति र पोष्टर सार्वजनिक गरिएको हो । कार्यक्रममा बरिष्ठ कलाकार मोहन निरौला, लय संगौला, उत्तम केसी, संगितकार राजु सिंह, निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, चलचित्रका निर्माता तथा निर्देशक बिनोद बिष्ट, निर्मात संघका अध्यक्ष आकाश अधिकारी, नेपाल चलचित्र पत्रकार संघकी उपाध्यक्ष गिता अधिकारी लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।

 कार्यक्रममा चलचित्रकी सहनिर्माता तथा गायिका जुनु गौतमले गित गाँउदै सहभागीहरुलाई स्वागत गर्नुभएको थियो । विशाल गौतमको सहजीकरणमा भएको कार्यक्रममा बच्चादेखि जेष्ठ नागरिकसम्मले पुस्तकमा पढिएकी अर्थात कहिले काहीँ टेलिभिजनको स्क्रिनमा देखिने र सुनिने साहित्यकार झमक घिमिरेको जीवन कहानीलाई समेटी निर्माण गरिएको यो चलचित्रले केही प्रेरणा दिने उद्देश्यले चलचित्र निर्माण गरिएको निर्माता तथा निर्देशक विष्टले बताए । 



चर्चित साहित्यकार घिमिरेले अपाङ्ग भएकै कारण बाल्यकालमा भोग्नु परेको सामाजिक, पारिवारिक घृणा र तिस्कारको कहानीलाई पुस्तकमा उतारेकी थिइन् अब त्यो पर्दामा देखिने भएको छ भन्दै अतिथिहरुले चलचित्र सफलताको शुभकामना दिएका थिए । 

चलचित्रमा घिमिरेको बाल्यकालको भूमिकामा अवस्था थापा, युवा अवस्थामा रोजिता बुद्धचार्य र बहिनीको भूमिकामा सारिका घिमिरे रहेका छन् । अन्य कालकारमा स्वीकृति शर्मा, टीका सुवेदी, किशन सुनार, उमा बेबीलगायत रहेका छन् ।

0 comments

Write Down Your Responses