Powered by Blogger.
काँग्रेसभित्र हुर्किरहेका पाँच वर्गका भाइरसहरूः एक विवेचना

गोविन्द गौतम
प्रजातान्त्रिक आन्दोलनबाट जहानिया राणा शासन अन्त्य गर्ने उद्देश्यसहित दुई प्रजातान्त्रिक संगठनबाट नेपाली काँग्रेसको स्थापना भएको हो । त्यसको केही वर्ष भित्र नेपाली काँग्रेसका शिर्ष दुई नेता मातृकाप्रसाद कोइराला र वी.पी.कोइरालाबीच टकराव देखियो । 

पार्टी र सरकारको नेतृत्व फरक – फरक व्यक्तिबाट गर्नुपर्दछ भने वी.पी.कोइरालाको विचारले २००८ सालमा पार्टी्भित्र समुहगत कोठे बैठकहरु भएको इतिहासलाई निरन्तरता दिदैँ शिर्ष नेताहरु बीच ४– ५ वटा गुट उपगुट निर्माण गरी ७० वर्ष लामो इतिहासमा २०७४ सालमा तिनै तहका निर्वाचनमा लज्जास्पद हार वेहोर्नु पर्यो ।

२०१५ को आम निर्वाचनमा गुट उपगुट केही साम्य भएकाले नेपाली काँग्रेसले दुई तिहाई स्थानमा विजय हासिल गर्दै राज्य र जनताको पक्षमा गरेका शिक्षा, स्वास्थ्य, कृषि र अन्तर्रा्ष्ट्रिय कुटनीति फलदायी बन्दै गयो । सो पश्चात छिमेकी मुलुकका ज्वाहारलाल नेहरु र उनका सहयोगीले महत्वकांक्षी राजा महेन्द्रलाई उकासी दलहरु माथि प्रतिवन्ध लगाई निर्वा्चित सरकारलाई सैनिक बल मार्फत एक दलिय निरकुशं पञ्चायती व्यवस्थाको ३० वर्षे अध्यारो काल खण्डमा रहन बाध्य भयौं । 

२०३६ सालको जनमत सग्रहलाई नजिकबाट स्वीकार गरेका वी.पी.कोइरालासगँ २०१७ सालदेखि स्वर्गिय नहुँदासम्म पार्टी नेतृत्व रहयो भने कार्यवाहकका रुपमा कृष्णप्रसाद भट््टराई रहँदा २०४६ सालको जनआन्दोलनमा कम्युनिष्टसँग मिल्ने वा नमिल्ने भन्ने सन्र्दभमा तीन वटा गुटहरु सतहमा देखिएका थिए तर आन्दोलनसँगै मत्थर हुँदै गएको गुटगत भेलाहरु २०४८ सालको महाधिवेशनबाट गुटगत शक्तिको उपस्थितिले पार्टी कमजोर भयो भने सांसद समेट ३६–७४ को खेलले सरकार ढल्न पुग्यो । नेपाली काँग्रेस गुटगत राजनीतिको शिकार बन्दै इतिहासका सबैभन्दा कमजोर सावित भयो ।

२००८ सालतिर जन्मेका मातृका र वी।पी। बीचको टकराव २०४८ सम्म आइपुग्दा गणेशमान र गिरिजाप्रसाद बीचमा देखा पयो । 

तत्पश्चात गिरिजाप्रसाद र शेरबहादुरवीच हुर्किरहेको तिक्ततालाई खुमबहादुर खड््का, विजय गच्छदार र गोविन्दराज जोशीले छुटै खेल खेली मत्थर पार्न खोज्दैगर्दा राजनीतिका भित्री खेलाडी शुशिल कोइराला, शैलजा आचार्य र रामचन्द्र पौडेल गुट तयार गरियो । 

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन पश्चात नेपाली काँग्रेस भित्र सैद्धान्तिक बहसमा छलफल थालियो । सशस्त्र सर्घषमा रहेको नेकपा माओवादी, संसदीय दाउपेचमा रहको नेकपा एमाले, परम्परावादी दरबारसँगै उसैले जन्माएको यथास्थीतिवादी राप्रपालाई शक्ति मान्दै नेपाली काँग्रेसको नेतत्वमा प्रतिनिधि सभाको पुर्नस्थापनाको एकल माग सहित ०६२।०६३ को जनआन्दोलन सफल भयो । 

जुन आन्दोलनले अहिलेको आयतित धर्म निरपेक्षता, गणतन्त्र, संघियतालाई अनुमोदन गरेको थिएन । समय क्रममा संस्थागत बन्दै गएपनि कालान्तरमा नेपालका लागि यी मन्द विष बनेर गइरहेको प्रमाण भर्खरै सम्पन्न एक विवादास्पद धार्मिक संस्थाद्धारा गरिएको सम्मेलनमा देखा परेको छ । 

जुन पश्चिमा देशहरू र क्रिश्चियन सोसाइटीबाट लागिएको हुदाँ भुसको आगो जस्तै सामाजिक सद््भावमा खलल पुयाउन फैलिरहेको महशुस हुँदै गइरहेको छ । 

यसरी गुटगत राजनीतिमा फस्दै गइरहेको नेपाली काँग्रेसको नेतृत्व २०६७ को महाधिवेशन पश्चात तिन वटा गुटहरुमा देखियो । पहिलो गुट कोइराला परिवारको विरासतमा देखियो भने दोस्रो गुट प्रजातान्त्रीक काँग्रेसको नेतृत्व गरेको वर्तमान सभापति शेरबहादुर देउवासँग रहयो । 

नेपाली काँग्रेसलाई इतिहासमा मन्द विषको रुपमा देखापरेका र केही समय गृहमन्त्री समेत हुन पुगेका राजनीतिक खेलाडी कृष्ण प्रसाद सिटौलाको भित्री खेलमा समेत पारियो र दुवै गुट भन्दा बाहिर शक्ति निमार्ण गर्दै २०७२ सालको महाधिवेशनमा मैदानमा उत्री असक्षम नेतृत्वलाई जन्माउन उनको भूमिका देखियो । 

जसको कमजोरीको फाइदा उठाउँदै २०७४ सालमा सम्पन्न तीन तहका निर्वाचनहरुमा कम्युनिष्ट पार्टीले दुई तिहाई नजिक बहुमत पुयाई सरकार चलाइ रहेका छन । 

‘भाई फुटे गवार लुटे’ भन्ने नेपाली उखानलाई चरितार्थ गर्दै सैद्धान्तिक वहसलाई कार्यकर्ता समक्ष उतार्नुपर्नेमा नीतिगत सिद्धान्तलाई ओझेलमा पार्दै एक अर्कोमा हिलो छेपाछेप गरी प्रमुख प्रतिपक्षको धर्मलाई समेत जिम्मेवार ढंगले निर्वाह नगरी आफ््नो निरिहपन प्रस्तुत गर्दै संवैधानिक तहका नियुक्तहरुमा दश भागमध्ये एक भाग प्राप्त गर्दा पनि ठुलो युद्ध जिते जस्तै गरी रमाउनु काँग्रेसका लागि अभिशाप बन्दै गइरहेछ । 

हाल नेपाली काँग्रेसभित्र हुर्किरहेका भाइरसहरूलाई इमान्दार कार्यकर्ताहरुले पाँच भागमा विभाजित भएर आ–आफना गुटलाई शक्तिशाली बनाउने अभियानमा लागिरहेका छन्् । चिया गफदेखि लन्च–डिनर हुँदै समुहगत भेलाहरु, कोठे बैठकहरुमा कहाँ कतिवेला बोलावट हुन्छ भनि अवसरलाई कुरेर नेताहरु बसेको स्पष्ट रुपमा देखिन्छ । 

१.बुढानिलकण्ठ गुट
वर्तमान पार्टी सभापतिले नेतृत्व गरेको यस गुटले संस्थापन पक्षका नेता इतर पक्षलाई आगामी महाधिवेशनमा कसरी सिध्याउने भन्ने रणनीति बनाउँदै छन्। 

२.चाक्सीवारीदेखि– बोहोराटार गुट
संस्थापन इतर पक्षका नेता तथा पार्टी भित्रका बलियो प्रतिपक्ष नेता रामचन्द्र पौडेल र गणेशमानका छोरा प्रकाशमान सिहँको समुहले आगामी रणनीति तय गर्दै गुट निर्माणमा व्यस्त रहेको छ ।

३.टोखादेखि– मण्डीखाटार गुट
नेपाली काँग्रेसको पारिवारिक विरासतको रुपमा रहेको कोइराला परिवारबाट शशांक–सुजाता र शेखर कोइरालाबाट नेतृत्व हुँदै आएको छ । यस समुह काँग्रेसको गुमेको साखलाई फिर्ता गराउने उद्दघोष गदै गुट निर्माणमा व्यस्त रहेको छ । 

४.अवसरवादी गुट
नेपाली काँग्रेसभित्र चतुर खेलाडीको रुपमा परिचित कृष्ण प्रसाद सिटौला शक्ति र सत्तासँग सोदाबाजी गर्दै आफु अनुकुलका व्यक्तिहरुलाई कोठे बैठकमा डाकी सर्वशक्तिमान नेता भनिदिन हार गुहार गर्दै कहिले बुढानिलकण्ठ त कहिले टोखा गर्दै अवसरको खोजीमा लागेका छन । 

५.गुटभित्रको भात्रृ गुट
नेपाली काँग्रेसको इतिहासमा आमन्त्रीत केन्द्रीय सदस्य तथा टीका– प्रसादबाट थापिएको पदको हवाला दिँदै आफूहरुलाई पार्टीका युवा समुह भन्दै ६–८जनाको समुहमा जम्मा भई क्याफेमा चिया गफ गर्दै नेतृत्वलाई उमेर र स्वास्थ्यका कारण कमजारी भएको आरोप लगाउदै गुटको नेतृत्व गर्न खोजिरहेको देखिन्छ । 

यो समूह नत कुनै सैद्धान्तिक अडानमा देखिन्छ नत संस्थापन वा इतर पक्ष भनी आफूलाई व्याख्या गर्छन त्यसैले वेठेगानको यो गुटको वेलुन कति बेला फुट््ने हो कसैलाई थाहा छ्रैन । 

यसरी गुट–उपगुटमा गोटी बनिरहेका नेपाली काँग्रेसका नेताहरुले यही २८ गते देखि हुन गईरहेको महासमितिको बैठकमा राष्ट्रिय हितका विषयमा पार्टीको विधानमा परिमार्जन गर्नुपर्नेमा विधानका विषय र सैद्धान्तिक वहसहरुले स्थान नपाई आफ््नो गुटलाई कसरी बलियो बनाउने र आगामी महाधिवेशनमा कसरी आफूले जित्ने भन्ने रणनीति तयार गर्दै समय खर्च गरिरहेका छन्् ।

 नत हेटौडा सम्मेलनले सार्थक्ता पायो, नत नुवाकोटको ककनी सम्मेलनको अर्थ रहयो, नत धादिडको गजुरीमा सम्पन्न कोषाध्यक्षहरुको भेलाले निचोड निहाल्न सक्यो । 

करिव १० दिन लामो भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकले पनि महासमिति बैठकमा के प्रस्ताव लैजाने, साँगाठनीक संरचना कस्तो बनाउने, पार्टी कार्यकर्ताको व्यवस्थापन कसरी गर्ने, भातृ संस्थाहरुलाई कसरी व्यवस्थित गर्ने, संवैधानिक संरचना अनुसार पार्टीलाई कसरी ढाल्ने भन्ने विषयमा गम्भिरतापूर्वक छलफल भएको देखिएन । 

त्यसैले आगामी महासमिति बैठकबाट छलफल गरि महत्वपूर्ण प्रस्ताव पारित गराउन नेपाली काँग्रेसका अग्रज नेतृत्वलाई अब दबाब दिनेबेला आईसकेको छ । 

१.वीपी कोइरालको सैद्धान्तिक पक्षमा बहश गर्नुपर्छ कि पर्दैन । 

२.के हामीले पार्टीको मूल मर्मलाई छाडी सक्यौ ?

३.आन्दोलनले अनुमोदन नगरेका विषयहरुमा ९गणतन्त्र– धर्म्निरपेक्षता सहितका ० छलफल गर्न सक्छौ कि सक्दैनौ । जनमत संग्रहको विकल्पमा जाने कि नजाने ?

४.कम्युनिष्टसँग विश्वास गर्नुहुदैन भने वीपी विचारलाई छलफलमा ल्याउने कि नल्याउने ?

५.संघीयता भित्र प्रदेश चाहिन्छ कि चाहिदैन रु केन्द्रीय सरकार र स्थानीय सरकारका विषयमा छलफल चलाउने कि नचलाउने ?

६.विदेशमा रहेका ४२ लाख युवाका बारेमा ठोस योजना सहित महासमितिमा बैठकमा पेश गर्नुपर्छ कि पदैन ?
७.स्थानीय तहलाई नै साँगठानिक संरचनाको बलियो आधार बनाई स्थानीय तहबाट नै प्रतिनिधि चयन गरि महाधिवेशनमा भाग लिन पाउने व्यवस्था गर्न कि नगर्ने 
?

आजका मितिदेखि नेपाली काँग्रेसले सम्झौतामा होइन सिद्धान्तमा आफ््ना एजेण्डा राख्नुपदर्छ । विराटनगरको विरासतबाट बुढानिलकण्ठदेखि मण्डीकाटार हुँदै बोहोराटार– चाक्सीवारी होइन नेपाली काँग्रेसको केन्द्रीय कार्यालय वीपीनगर सानेपा ललितपुरमा घनिभुत छलफल गरी राष्ट्र हितका विषयहरुमा जनमत संग्रहको विकल्प समेत रोज्न अब नेपाली काँग्रेसले ढिला गर्नु हुँदैन ।


0 comments

Write Down Your Responses