Powered by Blogger.
नेपाल भ्रमण वर्ष २०२० को औपचारिक आरम्भ,समृद्ध नेपाल सुखी नेपालीको आधार नै भ्रमण वर्ष रहेको पर्यटनमन्त्री भट्टराईको भनाई


काठमाडौँ ।  नेपाल भ्रमण वर्ष २०२० को औपचारिक आरम्भ भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार काठमाडौंको दशरथ रंगशालामा आयोजित विशेष समारोहमा भ्रमण वर्षको औपचारिक सुरुवात गर्नुभएको हो ।

 बुधबार नै सातवठै प्रदेशमा सहित मुलुकका विभिन्न ठाउँमा पनि भ्रमण वर्षका अवसरमा  विभिन्न भएका छन् । भ्रमण वर्षको सुरुवात गर्दै राष्ट्रपति भण्डारीले पर्यटनलाई आर्थिक समृद्धिको रूपमा अंगिकार गर्न आग्रह गर्नुभयो ।  

भ्रमण वर्ष राष्ट्रिय अभियानको रूपमा सञ्चालन गरिएको भन्दै उहाँले यसमा सबैको साथ र सहयोग हुनुपर्ने बताउनुभयो । उहाँले भ्रमण वर्षलाई महाअभियानको रुपमा लिनुपर्ने समेत बताउनुभयो । 

भ्रमण वर्ष सफल पार्नका लागि सबै नेपाली एकजुट हुनुपर्ने राष्ट्रपतिको आग्रह थियो। उहाँले पर्यटन क्षेत्रको विकासका लागि योजनाबद्ध कार्यक्रम ल्याउन आवश्यक रहेको बताउनुभयो ।  

संसारकै उत्कृष्ट गन्तव्यस्थल सगरमाथा, गौतमबुद्धको जन्मस्थल लुम्बिनी, चितवन, अन्नपूर्ण लगायतका क्षेत्रमा भ्रमण गर्न उहाँले पर्यटकहरुलार्ई आग्रह् गर्नुभयो । राष्ट्रपति भण्डारीले प्रकृतिलाई बिगारेर नभई सिंगारेर पर्यटकलाई आकर्षित गर्नुपर्ने धारणा राख्नुभयो । 

पर्यटन वर्षको अभियानले विश्वमा मानवता भातृत्व तथा शान्तिप्रतिको प्रतिबद्धता उजागर गर्ने उद्देश्य राखेको समेत उहाँले बताउनुभयो । राजनीतिक अस्थिरता र द्वन्द्वले सिथिल बनेको नेपालको आर्थिक विकास भ्रमण वर्षले अगाडि बढाउने प्रयास थालिएको उहाँको विश्वास थियो । 

सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने र अबको १० वर्षलाई पर्यटन दशकको अभियानको रूपमा अगाडि बढाउने आधार वर्षको रूपमा वर्ष २०२० लाई लिइएको छ ।

 संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले समृद्ध नेपाल सुखी नेपालीको आधार नै भ्रमण वर्ष रहेको बताउनुभयो ।  उहाँले नेपाल संसारकै एक अद्वितीय प्राकृतिक सम्पदायुक्त मुलुक भएकाले भ्रमण गर्न आउन विश्व समुदायलाई आग्रह गर्नुभयो । 

हाम्रो सांस्कृतिक सुन्दरता, धार्मिक केन्द्रको लागि नेपाल आउने सबै सिजनमा नेपाल भ्रमण गर्न सकिने छ’, मन्त्री भट्टराईले भन्नुभयो ।  विश्वका सबैभन्दा बढी उचाई भएका हिमाल नेपालमा रहेको गौतमबुद्धको जन्मस्थल, विभिन्न धार्मिक मठमन्दिर, विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा हेर्न पनि नेपाल आउनुपर्ने उहाँको भनाई थियो ।




0 comments

Write Down Your Responses