Powered by Blogger.
दशरथ रङ्गशालामा भ्रमण वर्षकाे शुभारम्भ हुने : राष्ट्रपति भण्डारीद्वारा उद्घाटन

 
सरकारले राष्ट्रिय महोत्सवकै रूपमा मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० को औपचारिक सुरुवात आजदेखि हुँदैछ ।

काठमाण्डौको दशरथ रङ्गशालामा भव्य समारोहका बीच भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्ने सरकारको तयारी छ । भ्रमण वर्षको राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो ४ बजे औपचारिक शुभारम्भ गर्नुहुनेछ भने प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुहुने छ ।


समारोहमा सांस्कृतिक कार्यक्रम पनि हुनेछ । राष्ट्रिय गान सकिएलगत्तै बाजासहित रङ्गशालामा भ्रमण वर्ष २०२० को मानव साङ्लो बनाइनेछ । कुटुम्ब ब्याण्डको साङ्गीतिक प्रस्तुतिमा विभिन्न सङ्घ(संस्थाले परेड गर्नेछन् ।


आजै भ्रमण वर्षको राष्ट्रिय गीतसमेत सार्वजनिक गर्ने कार्यक्रम रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले जनाएको छ । भ्रमण वर्षको यती मस्कट पनि आजै सार्वजनिक हुनेछ । भ्रमण वर्ष सचिवालयका अनुसार काठमाण्डौमा दशरथ रंगशालासँगै सातै प्रदेशका मुख्य मन्त्रीले आ–आफ्नो प्रदेशबाट भ्रमण वर्षको शुभारम्भ गर्नेछन् ।


नेपाल भ्रमण वर्ष स् यस्ता छन् सात वटै प्रदेशका तयारी र पर्यटकीय गन्तव्य स्थल

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सन् २०१९ मा १२ लाख पर्यटक भित्र्याएको नेपालले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन भने चुनौती देखिएको विश्लेषकले बताएका छन् ।

यसैबीच नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा सहभागी हुन विभिन्न देशका विदेशी पाहुना काठमाण्डौ आइसकेका छन् । समारोहमा सहभागी हुन भारत, चीनसहित विभिन्न देशका पर्यटन मन्त्री तथा विशिष्ट पाहुना काठमाण्डौ आइपुगेका हुन् ।


भ्रमण वर्षको उद्घाटन कार्यक्रमका लागि दक्षिण एसियाली, मध्य(पूर्वी, युरोपलगायत देशका ३४ वटा सञ्चारमाध्यमका प्रतिनिधि नेपाल आइसकेका छन् ।

0 comments

Write Down Your Responses