Powered by Blogger.
काँग्रेसको थाहानगर सभापतिमा प्रमोद जोशी निर्वाचित



पालुङ । नेपाली कांग्रेस, थाहा नगरको १४ औं अधिवेशनबाट सभापति पदमा प्रमोद कृष्ण जोशी निर्वाचित हुनुभएको छ ।  प्रतिद्वन्द्वी भरत गोपाली भन्दा २८ मत बढी पाएर जोशीले कुल १०९ मत पाई सभापति पदमा चयन हुनुभएको हो । 

यसैगरी  दुई उपसभापति पदमा नवराज कार्कीले १४४ र उद्धब लामिछानेले १०२ मत  जना प्राप्त गरी विजयी हुनुभएको छ भने अर्को प्रतिद्वन्द्वी सोम प्रसाद गर्तौलाले ८९ मत प्राप्त गरि पराजित हुनुभएको छ । 

यसैगरी दुई सचिव पदका लागि ११२ मत सहित भिमसेन मोक्तान र १०४ मत सहित कर्ण बहादुर गोपाली विजयी हुनु भएको छ भने क्रमशः ८४ मत र ५६ मत लिएर बिर्जुमान थिङ र शशिकुमार दोङ पराजित हुनुभएको छ । 

यस्तै दुई सहसचिवमा सत्यादेवी स्याङ्तानले १६५ र सुरेन्द्र श्रेष्ठले ९५ मत सहित निर्वाचित हुनुभएको छ भने रामचन्द्र भोम्जन र धुर्व कुमार भट्टले क्रमशः ४७ र ४६ मत ल्याई पराजित हुनु भएको छ । 

यस अघि कांग्रेसले थाहा का १२ वटै वडामा सभापती चयन गरिसकेको छ ।




0 comments

Write Down Your Responses