Powered by Blogger.
हिमालय प्राथमिक विद्यालयमा सुरेशको अध्यक्षतामा नयाँ समिति



मकवानपुर । थाहा नगरपालिका वडा नं ६ मा रहेको हिमालय प्राथमिक बिद्यालयमा अभिभावक भेला तथा व्यवस्थापन समितिको पूनर्गठन भएको छ । बिहिबार आयोजित एक कार्यक्रमका बीच समिति पुर्नगठन भएको हो । 

विगत ८ महिनादेखि  व्यवस्थापन समितिको अध्यक्ष रहनु भएको पोटे लामाले आफ्नो कार्यव्यस्तता देखाउँदै यहि असोज ८ गते राजिनामा दिए पछि विद्यालय व्यवस्थापन समिति र अभिभावक भेलाले उहाँंको राजिनामा स्वीकृत गर्दै नयाँ समिती  पुनर्गठन  गरेको हो । 

व्यवस्थापन समितिको जेष्ठ सदस्य शान्ती तामाङको सभापतित्वमा भएको सो कार्यक्रममा थाहा नगर शिक्षा समितिका संयोजक तथा थाहा नगर वडा नं ६ का अध्यक्ष शशीधर सुबेदीको प्रमुख आतिथ्यता रहेको थियो भने सो विद्यालयका भुतपुर्व विध्यार्थी , भुतपुर्व शिक्षक तथा हालका सुनौला माध्यमिक बिद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद लामिछाने विशेष अतिथि  हुनुहुन्थ्यो  ।  कार्यक्रममा  समुदायका अन्य युवा तथा भुतपूर्व बिध्यार्थीहरुको समेत  उल्लेखनीय उपस्थिती रहेको थियो ।


 

सो कार्यक्रममा नयाँ समितिले अब बिद्यालयमा युवा पुस्ताको सहभागिता र सक्रियता रहन पर्ने भएकोले भुतपुर्व बिध्यार्थी   सुरेश कुमार स्याङ्तानलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ । 


कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथी सुबेदीले बिधालयलाई सुधार गर्दै अगाडि बढ्न पद ओगट्ने व्यक्तिहरु नबसी काम गर्ने व्यक्तिहरु रहनु पर्ने बिचार राख्नु भएको थियो भने बिधालयलाई आवश्यक पर्ने शैक्षिक सामाग्री तथा आफूले सक्ने अन्य सहयोग  उपलब्ध गराउने प्रतिबद्दता समेत गर्नु भयो ।  

कार्यक्रमा बोल्नुहुंदै विशेष अतिथी कृष्ण प्रसाद लामिछानेले पनि बिद्यालयको व्यबस्थापनमा थप सुधार गर्ने र त्यसका लागि आफ्नो तर्फको साथ सहयोग र सल्लाह दिन सधैँ तयार रहेको बताउनु भयो । कार्यक्रममा बिद्यालय व्यवस्थापन समिति संगै लाल प्रसाद सुबेदीको अध्यक्षतामा नौ सदस्यीय शिक्षक अभिभावक संघ समेत गठन गरेको छ । 

कार्यक्रमको समापन गर्दै नव निर्वाचित अध्यक्ष सुरेश कुमार स्याङतानले आफूले अक्षर चिनेको बिद्यालयको ईतिहास जोगाउने काम  मात्र नभई जनचाहना अनुसार बिधालयमा अंग्रेजी माध्यमबाट  पठनपाठन गर्न पहल गर्ने  प्रतिवद्धता व्यक्त गर्नुभयो । 




0 comments

Write Down Your Responses