Powered by Blogger.
एकिकृत समाजवादीको भिमफेदी–३ मा पाख्रिनको नेतृत्व


मकवानपुर । नेकपा (एकिकृत समाजवादी) भिमफेदी गाँउपालिका अन्तर्गतको वडा नं ३ स्तरीय वडा कमिटी गठन गरिएको छ । शनिबार आयोजित भव्य कार्यक्रममाका बीच  २५ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।

 कमिटीको अध्यक्षमा गुणबहादुर पाख्रिन रहेका छन् भने उपाध्यक्ष हेम लामा रहेका छन् । यस्तै कमिटीको सचिवमा पुष्कल पाख्रिन र उप सचिवमा शान्ति पाख्रिन रहेका छन् । 

कमिटीका सदस्यहरुमा कृष्ण बस्नेत, अजय गोम्वा, रुपक बुढाथोकी, सोनाम थिङ, सोम पाख्रिन, रसिला पाख्रिन, सागर थिङ, प्रकाश थिङ, गजमान घलान, अर्जुन घलान, विरोध थिङ, रविन थिङ लगायत रहेका छन् । 

यसैगरी सुलभ थापा, सन्तलाल लामा, राजु थिङ, तारा गुरुङ, सोम बहादुर थिङ, बेली थिङ, राजकुमार बज्यु, धनमाया दोङ र सन्तबहादुर बज्यु रहेका छन् । 

पार्टीका गाँउपालिका संयोजक समिर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकिकृत समाजवादी केन्द्रीय निर्वाचन आययोगका सदस्य रामचन्द्र बल प्रमुख अतिथि रहनुभएको  थियो । 

कार्यक्रममा बाग्मती प्रदेश कमिटी सदस्य गौतम वुद्ध लामा विशिष्ट अतिथि, जिल्ला कमिटी सचिव विष्णु दाहाल विशेष अतिथि, जिल्ला सचिवालय सदस्य शिवहरी बर्तौला, जिल्ला कमिटी सदस्य मानबहादुर बल, प्रगतिशील लेखक संघ मकवानपुर जिल्ला अध्यक्ष शान्ति प्रिय बन्दना, जिल्ला सदस्य गोपाल न्यौपाने र भिमफेदी गाँउपपालिका सचिव सुनिल गोले अतिथि रहनु भएको  थियो । 

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि बलले सर्वसत्तावाद र अहंकारबादको पराकाष्ठले पार्टी पुर्नगठन गर्नुपरेको र नेकपा एकिकृत समाजवादी पार्टी गठन गरेर नै प्रतिगमनलाई घुँडा टेकाएर लोकतन्त्र जोगाउन सफल भएको चर्चा गर्नुभयो । 

उहाँले गाँउ टोलसम्म संगठन विस्तार गरेर एकिकृत समाजवादीलाई बलियो पार्न सबै जुटुपर्ने आवश्यकता औंल्याउनुभयो । 


0 comments

Write Down Your Responses