Powered by Blogger.
राक्शीराङ पुगेर बिडारीले भने,‘यस्तो जालसाँजी यति ठुला व्यक्तिले गर्ने ?’


मकवानपुर । नेकपा माओवादी केन्द्रका नेता तथा संघीय संसदको समिति सभापति रामनारायण बिडारीले मुलुकका ठुला व्यक्तिहरुले नै जालसाँजी गरेको आरोप लगाउनुभएको छ ।

 

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति बिडारीले शुक्रवार राक्शीराँङ गाँउपालिकाको पार्टी वडा अधिवेशनलाई सम्वोधन यस्तो बताउनुभएको हो ।

 


उहाँले अहिले अदालतमा विवाद बढ्नुमा ठुला व्यक्तिहरुको जालसाँजीले काम गरेको बताउनुभयो ।  प्रधानमन्त्री केपी ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सीना र सर्वोच्च अदालतका प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जवरा लगायतका मुख्य व्यक्तिहरुले नै ले विधी मिचेर संवैधानिक परिषदमा आफ्ना मान्छे भर्ति गर्न जालसाँची गरेको आरोप लगाउनुभयो ।

 

उहाँको प्रश्न थियो,  ‘यस्तो जालसाँजी यति ठुला व्यक्तिले गर्ने ?’ वरिष्ठ अधिवक्ता समेत रहेका कार्यक्रममा प्रमुख अतिथि बिडारीले त्यसको प्रमाण आफुसंग सुरक्षित रहेको दावी गर्नुभयो ।


 

 

उहाँले भन्नुभयो, ‘०७७ मंसिर ३० गते साँझ संवैधानिक परिषद्मा कुनै निर्णय गरेको छैन भनेर राष्ट्रियसभा अध्यक्ष तथा संवैधानिक परिषद् सदस्य गणेश तिमल्सिनाजीले बीबीसीसँगको अन्तर्वार्तामा प्रष्ट गर्नुभएको छ । प्रधानन्यायाधीश आफैंले न्यायाधीशहरूलाई कुनै निर्णय भएको छैन भन्नुभएको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीजीले पनि नेकपाको बैठकमा कुनै निर्णय नभएको भन्नुभएको छ । ’ 

तर पुस ५ गते संसद्मा एउटा चिट्ठी गएको र त्यसमा ३० गते निर्णय भएको भनेर यी यी व्यक्ति सिफारिस भए भनेर उल्लेख गरिएको छ ।

 

यो जालसाजीपूर्ण काममा यहाँ प्रधानन्यायाधिश राणाको पनि भुमिका देखिएको सभापति बिडारीको दावी छ । उहाँले विभिन्न दलबाट नेकपा माओवादी केन्द्रमा केही कार्यकता प्रवेश समेत गराउनुभयो । 

एक फरक प्रसंगमा उहाँले गाँउ पालिका स्तरका विकासका गतिविधी र संघीयत कार्यान्वयनमा पालिका स्तरका जटिलताबारे गाँउपालिका अध्यक्ष राजकुमार मल्लसंग कार्यालयमा नै गई जानकारी पनि लिनुभएको थियो ।  


 


0 comments

Write Down Your Responses