Powered by Blogger.
केपी ओलीको राष्ट्रियता र एमसिसीमा उदाङ्गिएको असली चरित्र



नवराज वस्ती

कम्युनिष्टहरूलाई ‘सत्ता प्राप्ति ससस्त्र सघर्षबाट नै प्राप्त हुने हो’ र बलपूर्वक सत्ता कब्जा गरेर नै जनवादी सत्ता प्राप्त हुन्छ भन्ने मान्यतामा विश्वास रहन्छ ।  

तर ९० को दशकमा विश्व कम्युनिष्ट आन्दोलनले धक्का खायो । ,विश्वमा बढ्दै गएको आतंकवाद र त्यसैको आडमा सामन्तवादी दलाल, पुँजिवादी, साम्राज्यवादी शक्तिहरूले चलाएको सैनिक दमनका कारण कम्युनिष्ट आन्दोलन कमजोर भएको हो । उनीहरुले यो आन्दोलनलाई बदनाम गर्न सक्दो प्रयास पनि गरेकै हुन् ।  

त्यही विश्व परिवेशको विश्लेषण गरि नेकपा मालेका तत्कालिन महासचिव कमरेड मदनकुमार भण्डारीले नयाँ प्रयोगका साथ नेपालमा कम्युनिष्ट आन्दोलनलाई अघि बढाउने प्रयास गर्नु भयो । जसको नाम दिईयो नेपाली क्रान्तिको मौलिक कार्यक्रम ‘जनताको बहुदलीय जनवाद’ अर्थात जवज । 

यसको उद्धेश्य शान्तिपुर्ण संघर्षको माध्यामवाट अघि बढ्ने अधिकतम कोशिष गर्ने नै हो । जबजको माध्यमबाट सरकार बनाउने र अधिकतम सुधार गर्ने र जनवादी सत्ता प्राप्तिका लागि आधार तयार गर्ने सम्म मात्रै हो र “यसलाई पनि आन्दोलनको महत्वपुर्ण उपलब्धि नै मान्नु पर्दछ ।

जबजले दलाल पूँजिवादलाई पुर्णतया निषेध गर्छ र राष्ट्रिय पूँजीपति वर्गको संरक्षण गर्दछ । मैले बुझेको जबज यहि नै हो । तत्कालीन माले र माक्सवादी बीच एकिकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (एकिकृत माक्सवादी लेनिनवादी )को पाँचौ महाधिवेशनबाट महाँसचिवमा निर्वाचित कमरेड मदन भण्डारीले जबजको सही विश्लेषण आमरूपमा गर्न नपाउदै सामन्तवाद, दलाल, पूजिवाद र साम्राज्यवादीहरूले जबजको मर्म बुझिहाले । र, क. मदन जति दिन बाच्नुभयो त्यति नै आफु कमजोर हुने देखे र नेपालमा जन्मिएका सामन्तवाद दलाल पूजिबाद र साम्रज्यवादका अबैध सन्तानको सहयोगमा कमरेड मदन भण्डारीको हत्या गर्ने दुष्प्रयास गरे ।

क.मदनको भौतिक शरिर हामीबीच नरहे पनि उनको विचार नेपालमा दुबो फैलिएसरी फैलियो । फलस्वरूप २०५१ सालमा छोटै समयकालागि भएपनि सत्ता प्राप्ति गर्न सफल नेकपा एमाले सफल भयो । यो सरकारले जनवादी सत्ता प्राप्तिका लागि केहि आधारहरू तयार गर्यो ।

कम्युनिष्ट के हो र यसले शासन गर्न पायोदभने के गर्छ ? भन्ने सम्मको सन्देश दिन नेकपा एमाले सफल भयो । तत्कालिन पार्टी अध्यक्ष क. मनमोहन अधिकारी को नेतृत्वमा बनेको सरकारलाई सफल पार्न तत्कालिन महासचिव. माधवकुमार नेपाल आफै पनि उप प्रधानमन्त्री तथा परराष्टमन्त्रीका रूपमा सामेल हुनुभएको थियो । नेपालको ईतिहामा एमालेको नौ महिने शासनकाल भनेर अहिले पनि चर्चामा रहि आएको छ । 

जनवादी सत्ता प्राप्तिको लागि आधारका रूपमा यो सासनकाललाई लिन सकिन्छ । जनताको बहुदलीय जनवादले अहिलेको ब्यबस्थालाई पनि मान्दैन तर जनवादी सत्ता प्राप्तिका लागि उपयोग चाँही गर्छ । 

हुनत अहिले नै क्रान्ति सफल हुने अबस्था छैन तर एमालेको २०५१ साल पछिको सरकार सञ्चालनको गतिविधिले चाँही यो भन्दा अघि नबढ्ने बरू सुधारिएको दलाल पूजिवादमा रमाउने बाटोतिर लम्कन खोजेको देखिन्छ । क. केपी ओलीले सरकारको नेतृत्व गर्दा जबजको मर्मअनुरूप एउटा पनि काम र योजना वनाएको देखिदैन भने पार्टी पनि दलाल पूजिवीदको कब्जामा पुर्याएका छन् । 

क. मदन भण्डारी नै नचिन्ने देखि माक्र्सवाद लेनिनवाद र जनताको वहुदलीय जनवाद नबुझेकाहरू अहिले एमालेका केन्द्रीय सदस्यहरू छन् । दुई चारवटा सुधारका कामहरू गरेर प्रचार गर्न खोजेको देखिन्छ तर बुझ्न के जरूरी छ भने उनको सरकारले गरेका काम दुई वर्ष ढिलो त होला तर कर्मचारी वा सामन्तवाद दलाल पूजिँवादी शक्तिहरूले गर्ने काम भन्दा फरक रहेन । 

कम्युनिष्ट शासन के हो र किन फरक छ भनि देखाउनै चाहेनन् वा देखाएनन । उनै केपी ओलीको विश्वासमा कम्युनिष्ट बन्न त के सुन्न पनि नचाहनेहरू अहिले एमाले भएका छन् ।  खुलेर मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् । 

साम्राज्यवाद, विस्तारवाद, दलाल, पूँजिवादी, प्रतिक्रियावादी शक्तिहरू एमाले र केपी ओलीमाथी भर पर्छन ।  अहिले नेपाललाई साम्राज्यवादी शक्तिले नयाँ प्रलोभनमा पारेर आफ्नो पूर्ण अधिनमा राख्ने प्रयास गर्दैछ । नेकपा एमालेले आफ्नो दशौ महाधिवेशन झण्डै एक अर्ब रुपैंया खर्च गरेर भव्य रूपमा सम्पन्न गर्यो तर त्यही महाधिवेशनबाट पारीत दस्तावेज अमेरीकी साम्राज्यवाद र भारतीय विस्तारवादको बारेमा मौन छ किन ? गम्भीर प्रश्न हो । त्यसैले राष्ट्रियताको नारा अलापेर मात्र हुँदैन । व्यावहार सही हुनुपर्छ । 



स्मरणीय कुरा त महाकाली सन्धी नेपालको संसदबाट पास गर्दा तत्कालिन एमाल ेपार्टीले सन्धी अध्ययन कार्यदलको सँयोजक केपी ओलीलाई बनाएको थियो । यिनले जसरी पनि सन्धी पास गर्न पर्ने र यसबाट नेपाललाई झण्डै वार्षिक एक खर्व छब्बिस अर्ब आम्दानी हुन्छ भनेका थिए जुन अझै चर्चा छ । 

पछिल्लो पटक सत्ताबाट हट्दा पनि उनले महत्वका साथ सदनमा उठाएको अर्को विषय हो एमसिसि । साम्राज्यवादी शक्तिले नेपालमा जरा गाड्ने नयाँ योजना हो एमसिसि । यसलाई साथ दिईरहेका छन् एमालेका केपी ओली ।  एमसीसीका बारेमा केपी ओलीले आफु सत्तामा हुँदा उनको सारथी विष्णु रिमाल मार्फत केही भनाई सार्वजनिक गर्न लगाएका छन् । रिमालको त्यो सार्वजानिक अभिब्यक्तिले उनीहरुको असली रुप छर्लङ पारिसकेको छ । 


0 comments

Write Down Your Responses