Powered by Blogger.
धनुषा प्रहरीको व्यापक सफलता, प्रहरी प्रमुख रजौरेले गरे सफल कमाण्ड


सिरहा । सिरहा बरियारपट्टी नगरपालिका वडा नं. २ घर भई हाल जिल्ला धनुषा जनकपुरधाम उप–महानगरपालिका वडा नं. १४ मनिपाल स्थित आफ्नै नन्दको घरमा विगत १ महिना देखी बस्दै आएकी  दिपिका दासको ५ वर्षीय छोरा हराएको दिनमै फेला परेका छन् ।

 धनुषा प्रहरीको विशेष खोजी अभियानले हराएको दुई बच्चा एकै दिन फेला परेका हुन् । 

दिक्षाणत दास जनकपुर स्थित मनिपालबाट माघ २८ गते २ बजेको समयमा खेल्न बाहिर गएको बेला हराएका थिए । 

प्रहरी कार्यालयको यसको सूचना हुनासाथ खटिएको प्रहरी टोलीले खोज तलास गर्दै जाने क्रममा सोही दिन साँझ जनकपुर.उपमहानगरपालिका थापा चोक सकुशल फेला पारी निजको आमा दिपिका दासको जिम्मा लगाइएको प्रहरी कार्यालय धनुसाले जनाएको छ ।  

त्यस्तै माघ २८ गते नै जिल्ला सप्तरी तिलाठी कोलाठी गा.पा. वडा नं. ५ बस्ने बुधनु मुखिया आफ्नै छोरीको बिहेमा जिल्ला धनुषा जनकपुर स्थित जानकी  मन्दिरमा आएको बेला निजकै छोरी  वर्ष ६ कि सोनी कुमारी मुखियालाई  चटपटे किन्न बाहिर पठाइएकोमा सम्पर्कमा नआए छोरी हराएकी थिइन् ।  बच्चा हराएको सुचना प्राप्त हुना साथ प्रहरी टोलीले खोज तलास गर्दै जाने क्रममा जनकपुर स्थित पुलचोकमा सकुसल फेला पारी निजका बुवा बुधन मुखियाको जिम्मा लगाइएको छ । 



यस्तै माघ २६ गते साँझको समयमा जिल्ला धनुषा जनकपुर उप–महानगरपालिका–६ महाराज सागर पोखरी छेउमा मोहमद अमिर राईनको छोरी एलिजा खातुनले खेलाई ७ महिनाको भाइ मोहमद अख्तर राईनलाई अपहरकारीहरुले अपहरण गर िलगेकामा तत्काल पक्राउ गर्न प्रहरी सफल भएको छ ।  

अन्दाजीं. ३०÷३५ वर्ष कि रातो र हल्का पहेलो रंगको साडी लगाएकी महिलाले लिएर भागेको भन्ने खबर प्राप्त हुना साथ तत्काल धनुषा प्रहरीको अनुसन्धान टोली खटि गई अपहरणमा परेका बालक मोहम्द अख्तर राई र थप १ जना बालिका नन्दनी मुखियालाई मिति २७ गते रातीसकुशल उद्दार  गरिएको हो । 

प्रहरीले अपहरणमा संलग्न धनुषा गणेशमान चारनाथ न.पा. १० डुमरीया बस्ने संजित मुखियाको श्रीमती मनिषा देवि मुखिया, जिल्ला धनुषा औरही गा.पा. वडा नं. १ पौडेश्वर घर भई हाल ज.उ.म.न.पा. ८ स्थित डेरा गरी बस्ने बिगुल मुखियाको श्रीमति  किरण राम र जिल्ला महोत्तरी लोहारपट्टी न.पा. वडा नं. ४ घर भई हाल जि. धनुषा ज.उ.म.न.पा. ७ स्थित भ्रमरपुरा  चोक डेरा गरी बस्ने रामजी यादवको छोरा कृष्ण कुमार यादव समेतलाई पक्राउ गरी आवश्यक थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ । 



धनुसामा नयाँ प्रहरी प्रमुख बसन्त रजौेरें आए यता चार महिनाको अवधीमा चोरी पैठारीका सामान बरामदबाट मात्र करिव २ करोड २२ लाख राजश्व संकलन भएको थाहा भएको छ  । जबकि त्यस अघिका चार महिनामा करिव ८० लाख मात्र भन्सार संकलन भएको तथ्याङ्क छ । 

त्यतीमात्र होइन विवाह पञ्चमी, छठ, सरस्वती पुजा जस्ता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको  र त्यसमा प्रहरीले भरपर्दो शान्ति सुरक्षा प्रदान गरेको स्थानीयले बताएका छन् । 



जबकि यस्ता चाडमा प्राय सधै साम्प्रदायिक दंगाा हुने गरेको थियो ।  सिके राउतको आन्दोदन, राष्टिय सभा निर्वाचन पनि शान्तिपूर्ण रुपले सफल  भएकाले अधिकांशले प्रहरी प्रमुख रजौरेको सफल कमाण्डको रुपमा व्याख्या गरेका छन् । 


0 comments

Write Down Your Responses