Powered by Blogger.
मकवानपुरे गठवन्धनको सम्पर्क मञ्च स्तरीय भव्य भेला आयोजना


काठमाडौं । नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीका मकवानपुर–काठमाडौं सम्पर्क समिति स्तरीय निर्वाचन केन्द्रीत भेला आयोजना गरिएको छ । 

शनिवार सुकेधारा स्थित नवदुर्गा पार्टी भेन्युमा कार्यक्रम भएको हो । गठवन्धनमा आवद्ध ३ दलको जिल्ला स्तरीय सम्पर्क समितिको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । 

नेकपा एककिृत समाजवादीका स्थायी कमिटी सदस्य, पुर्व मन्त्री एवं मकवानपुर–२ का प्रतिनिधीसभाका उमेद्वार विरोध खतिवडाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । 



कार्यक्रममा मकवानपुर २ प्रदेश सभा क का उमेद्वार तथा प्रदेशका मन्त्री कुमारी मोक्तान, नेपाली काँग्रेसका निर्वाचन परिचानल समिति मकवानपुर २ का केन्द्रीय प्रतिनिधी जयराम लामिछाने, नेकपा माओवादी केन्द्र केन्द्रीय सम्पर्क समन्वय समितिका सदस्य श्रीकृष्ण अधिकारी, विनोद मर्हजन, उद्धव सापकोटा लगायतले बोल्नुभएको थियो । 

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि खतिवडाले राजतन्त्र पुर्नस्थापित गर्ने एजेन्डा बोकेका राजेन्द्र लिङ्देन र कमल थापाहरुसंगको साँठगाठले मुलुक पुनः केप ओली पश्चगामी दिशातर्फ धकेल्न खोजेको आरोप लगाउनुभयो । ओलीका उमेद्वारले जितेमा यो मुलुकमा प्राप्त उपलव्धी लोकतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशिता खत्तम हुने दावी गर्नुभयो । 

पुर्वमन्त्री खतिवडाले अन्य दल तथा नेताहरु २०६२–६३ को जनआन्दोनमा प्रतिगमनका मतियारहरुसंग लडिरहँदा केपी ओली भने बार्दलीमा काजुसंग चुस्कि लिँदै बयलगाडा चढेर अमेरिका नपुगिने तर्क गर्दै आन्दोलनको विपक्षमा काम गरेको स्मरण गर्नुभयो । 

आप्नो पहलमा मकवानपुर २ मा गरिएको विकासको फेहरिस्त प्रस्तुत गर्दै नेता खतिवडाले संयुक्त राष्ट्र संघले नै गाँजालाई लागु औषधको सुचिबाट हटाएर औषधीजन्य मान्यता दिइसकेकोमा अब त्यसो वैध खेती र कानुन संशोधनको लागि आफुले पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले गाँजा प्रकरणमा  जेल परेका करिव १० हजार नेपालीको विनाशर्त रिहाइको लागि अब आफुले पहल गर्ने बचन दिनुभयो । 

कार्यक्रममा प्रदेश सभा क तर्फका उमेद्वार कुमारी मोक्तानले गठवन्धन आवश्यकताको जगमा बनेकाले यसको मर्म अनुरुप सबै उमेद्वारलाई जिताउन आग्रह गर्नुभयो । 



उहाँले मंसिर ४ गतेको निर्वाचन सम्पन्न नहुँदा सम्म उत्पन्न हुने सबै परिस्थितिको सामना गरेर अघि बढ्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । प्रदेशमा गठवन्धको सरकार बनेपछि बजेट जनताको पक्षमा पठाउन पाएको तर त्यसअघि मनोमानी हुने गरेको उहाँको भनाई थियो । 

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सम्पर्क समन्वय समितिका सदस्य श्रीकृष्ण अधिकारी, विनोद मर्हजन, जिल्ला सम्पर्क समितिका अध्यक्ष उद्धव सापकोटा लगायतले गठवन्धको मर्म अनुसार एकजुट भई सबै उमेद्वारलाई जिताउन लागिपर्ने प्रतिवद्धता जनाउनुभयो । 


नेकपा एकिकृत समाजवादीका आशिष बलले स्वागत मन्तव्य दिनुभएको कार्यक्रमको अध्यक्षता नेपाली काँग्रेस सम्पर्क समितीका अध्यक्ष पुरुषोत्तम ठकुरीले गर्नुभएको थियो । कार्यक्रममा माओवादी केन्द्र वागमती प्रदेश सदस्य लवशेर विष्ट, विष्णु विष्ट, भुवनप्रकाश विष्ट, एकिकृत समाजवादी केन्द्रीय सम्पर्क समन्वय समिती सदस्य नवराज वस्ती लगायत विभिन्न व्यःिहरुको सहभागिता थियो ।



कार्यक्रमको उद्घाटन प्रमुख अतिथिी खतिवडाले गमलामा पानी हालेर गर्नुभएको थियो । कार्यक्रममा फरक पार्टीका नेताहरुले आ आफ्ना दलका चुनाव चिन्ह सम्पर्क मञ्चका अध्यक्षलाई प्रदान गर्नुभएको थियो । 


काँग्रेस सम्पर्क समसतका सचिव केशव मैनालीले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष द्धोय देव श्रेष्ठ र इन्द्र खचिवडाले अतिथिहरुलाई खादा लगाएर स्वागत गर्नुभएको थियो । कार्यक्रय छोटो समयको तयारीका बीच पनि करिव ३ सय अगुवा कार्यकर्ताको बीचमा भव्य ढंगले सम्पन्न भएको नेपाली काँग्रेस सम्पर्क समिति उपाध्यक्ष तेज घिमीरेले जानकारी दिनुभयो । 




0 comments

Write Down Your Responses