Powered by Blogger.
काङ्ग्रेस थाहाको क्रियाशील भेलाम गठबन्धन उमेदवारको संवोधन

 


पालुङ/ नेपाली काङ्ग्रेस थाहा नगर कार्य समिति द्वारा आयोजना गरिएको शुभेच्छुक ,भातृसंगठन,क्रियाशील सदस्य तथा कार्यकर्ता भेटघाट कार्यक्रममा मकवानपुर क्षेत्र न.२ का वाम-लोकतान्त्रिक गठवन्धनका उमेदवारहरुले संवोधन गरेका छन।भेलालाई संवोधन गर्दै गठबन्धन दलका साझा उमेदवार प्रतिनिधि सभा क्षेत्र न.२ का उमेदवार पुर्व स्वास्थ मन्त्री तथा नेकपा एकीकृत समाजवादी स्थायी समिती सदस्य विरोध खतिवडाले भेलामा आफ्नो प्रतिबद्धता जनाउदै विकास निर्माणका काममा निर्वाचन पछि साझा अवधारणा बनाएर जाने प्रतिबद्धता व्यक्त गरेका छन।उनले भने "गठबन्धन बिजयी भएको खण्डमा विकास निर्माणका काममा दलगत पुर्वाग्रह राखिने छैन । वचन बद्द्ता व्यक्त गर्दै उनले गठबन्धनको विजयी भएको खण्डमा आफ्नो क्षेत्रमा चारगुणा बढी विकास गर्ने बताए । साथै उनले यो गठबन्धन प्रक्रियावादी सक्तिहरुलाइ निर्वाचनबाट परास्त गर्नको निम्ति भएकोले नअलमलिन आग्रह गरे ।

भेलालाई संवोधन गर्दै नेपाली काङ्ग्रेस वागमती प्रदेश सभापति तथा मकवानपुर प्रदेश सभा २ ख का साझा उमेदवार इन्द्रबहादुर बानियाँले नेपाली काङ्ग्रेस हावादारी कुरा गर्ने पार्टी नभएको बताउदै इन्तु,किन्तु,परन्तु केही नभनी गठबन्धनका उमेदवारलाई मतदान गर्न कार्यकर्तालाई आग्रह गरे । उनले भने- काङ्ग्रेस ३ बर्ष धैर्यताका साथ सांसद अवरुद्ध नगरी प्रतिपक्षमा बसेको  थियो । उक्त कुरा स्मरण गराउदै उनले अबको पाँच बर्ष एमालेलाई प्रतिपक्षमा राखेर देखाउने ठोकुवा गरे। 

तेसै गरि अर्का उमेदवार प्रदेश २ क का कुमारी मोक्तानले संविधानको कार्यान्वयन ,तिनै तहका सरकार संचालन गर्दै जनताको अवस्था परिवर्तन गर्नको लागि गठबन्धन आबश्यक रहेको बताउदै,पुराना तिता कुरा बिर्सिएर मत हाल्न आग्रह गर्दै आफू काङ्ग्रेस ,माओवादी ,समाजवादी र जनमोर्चा समेतको उमेदवार भएकोले गठबन्धनकै जिम्मेवारी बोकेर हिड्ने प्रतिबद्धता व्यक्त गर्दै शंका नगरिदिन आग्रह गरे।

काङ्ग्रेस थाहा नगर सभापति प्रमोदकृष्ण जोशीको अध्यक्षतामा सम्पन्न भेलामा नेपाली काङ्ग्रेस मकवानपुर जिल्ला सभापति बुद्ध लामा, महासमिती सदस्य तथा केन्द्रीय  निर्वाचन परिचालन समिति सदस्य जयराम लामिछाने ,क्षेत्रीय सभापति खड्गबहादुर गोपाली,गठबन्धन निर्वाचन अनुगमन समिती मकवानपुर संयोजक माइकल रामचन्द्र अर्याल,उमेदवार द्वय विरोध खतिवडा ,कुमारी मोक्तान ,लगायत नेपाली काङ्ग्रेस थाहा नगरका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागीता रहेको थियो ।


0 comments

Write Down Your Responses