Powered by Blogger.
मकवानपुरे समाज काठमाडौंको साधारणसभा तथा वनभोज कार्यक्रम सम्पन्न


काठमाडौं । मकवानपुरे समाज काठमाडौंको साधारणसभा तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । समाजको आयोजनाको शनिबार काठमाडौंको चोभारमा वनभोज सहित साधारणसभा सम्पन्न भएको हो । 

लेखक, वरिष्ठ पत्रकार, पूर्व सांसद तथा पूर्व राजदूत हिरण्यलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा साधारण सभा उद्घाटन भएको थियो । श्रेष्ठको प्रमुख आतिथ्यतामा पानशमा दिप प्रज्वलन गरी साधारण सभाको औपचारिक कार्यक्रम उद्घाटन गरिएको थियो ।

कार्यक्रममा उद्घाटन मन्तव्य राख्दै पूर्वसांसद श्रेष्ठले मकवानपुर ऐतिहासिक, पौराणिक, धार्मिक र पर्यटकीय महत्वका स्थान भएकाले यसको विकासमा सबै जुट्नुपर्ने बताउनुभयो । 

उहाँले मकवानपुरले शत्रुराष्ट्रसंघको लडाइमा विराशत जोगाएर नेपालको स्वाधिनता रक्षा गरेको चर्चा गर्दै आगामी दिनमा समाजका विशिष्ठ क्षेत्रमा पुगेका मकवानपुरेहरुले जिल्लाको उन्नयनका लागि काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । 



उहाँले भारतका सम्राट नेपालमा आएको बाटो , चित्लाङ, गुरु रिम्पोछेले तपस्या गरेको ऋषेश्वर, दामन लगायतका स्थान अन्तराष्ट्रिय पर्यटन हुनसक्ने संभावना रहेका बताउनुभयो । 

पूर्वसांसद श्रेष्ठले काठमाडौंमा जेरी–मालपुवा पसल राख्नेदेखि, मजदुरी गर्ने र विशिष्ट योगदान पु¥याउनेहरु समेत मकवानपुरेहरुहरु रहेकाले काठमाडौंमा योगदान पुगेको चर्चा गर्दै यसैगरी हाराहारीमा काठमाडौंसंगै विकास गर्नका लागि चुक्न नहुने धारणा राख्नुभयो । 

कार्यक्रममा प्रतिनिधी सभा सदस्य दिपकबहादुर सिंहले यस्ता कार्यक्रमहरुले मकवानपुरेहरुमा आपसी भाइचार र सद्भाव बढाउने भन्दै सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा समाजका सल्लाहकार एवं वरिष्ठ उद्योगपति शिवप्रसाद घिमीरे, वुद्धिजिवी डा. रामहरि लामिछान, विद्युत बज्राचार्य, नरेन्द्र महर्जन लगायतले समाजले सामाजिक कार्यमा दिएको योगदानको चर्चा गरेका थिए ।



 अध्यक्ष अरुणकुमार गुरुङको सभापतित्वमा भएको कार्यक्रममा उहाँले वार्षिक प्रतिवेदन पेश गर्नुभएको र उक्त प्रतिवेदन पारित गरिएको थियो । सचिव विधान रिजालले सञ्चालन गर्नुभएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष दिपक कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो । ्

वनभोजमा सांस्कृतिक कार्यक्रम, बिङ्गो खेल लगायतका मनोरन्जनात्मक कार्यक्रम समावेश गरिएको थियो । कार्यक्रममा नेपाल पर्यटन बोर्डका निर्देशक मणिराम लामिछाने, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शन्तराम बिडारी, दामन पोष्ट साप्ताहिकका कार्यकारी सम्पादक सुवास खुलाल लगायतका विभिन्न क्षेत्रका वुद्धिजिवि तथा व्यवसायी मकवानपुरेहरुको व्यापक उपस्थिति रहेको थियो । 






0 comments

Write Down Your Responses