Powered by Blogger.
फाखेल कृषि सहकारीको प्रथम साधारणसभा

मकवानपुर । मकवानपुरको उत्तरी क्षेत्र स्थित फाखेल कृषि सहकारी संस्थाको साधारण सभा सम्पन्न भएको छ । मंगलबार साना किसान कृषि सहकारी संघका केन्द्रीय उपाध्यक्ष एकराज उप्रेतीले साधारण सभाको उद्घाटन गरेका हुन् । कार्यक्रममा जिल्ला सहकारी संघका सदस्य विष्णु ढकाल, जिल्ला दुग्ध उत्पादक संघका बिदुर हुमागाँई, नेशनल नमोवुद्ध सेभिङ एण्ड क्रेडीट कोअपरेटिभका पूवै सचिव रामचन्द्र बल, नेकपा एमालेका फाखेल गाँउ कमिटी अध्यक्ष जीवन लामा, पूर्व जनपक्षीय प्रधानपञ्च तथा समाजसेवी सानुकान्छा लामा, मानबहादुर लामा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा मितेरी सहकारी संसथाका सन्तलाल लामा शुभकामना दिएका थिए । संस्थाका अधयक्ष धनविर स्याङतानले सहकारीका भावी योजनाबारे प्रकाश पारेका थिए । 

0 comments

Write Down Your Responses