Powered by Blogger.
उत्तरी मकवानपुरमा चर्चस्तरीय हाजीरजवाफ


पालुङ, २६ असोज । मकवापुरको थाहा नगरपालिका वडा नम्मर १ मा रहेको आशिष मण्डलीमा मकवानपुर उत्तरी क्षेत्र चर्च स्तरीय वाइवलीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

चर्च अप गड वसन्तका पास्टर सुर्यबहादुर पाख्रिनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उत्तरी भेगका चर्च अप गड वसन्त, चर्च अप गड कालिखोला, क्वाइनोनिया मार्खु मण्डली, चर्च अप गड डाँडाबास, इम्माउस शिखर मण्डली, चुनिएको मण्डली चित्लाङ, आशिष खिष्टियन मण्डली ओखरवजार गरि ८ मण्डलीका विश्वासीहरुले सहभागिता जनाएका थिए ।

 सो प्रतियोगितामा चर्च अप गड कालिखोला प्रथम भएको छ भने क्वाइनोनिया मार्खु मण्डली द्धितिय, चर्च अप गड डाँडावास तृतिय भएको छ । प्रथम, द्धितिय र तृतिय हुनेहरुलाई शिल्डर प्रमाण प्रत्र प्रदान गरिएको थियो ।  आषिश ख्रिष्ट्रिय मण्डली ओखर बजारका सकृय जवान रामकुमार प्रधानले सञ्चालन गर्नु भएको कार्यक्रममा आषिश ख्रिष्ट्रिय मण्डलीका अगुवा सुमन खातीले विभिन्न क्षेत्रमा छरिएर रहेका जवान तथा विश्वासीहरुलाई एकिकृत गरि भावि कार्यक्रम गर्नको लागि सहज तथा वाइवल सम्बन्धी जानकारी होस् भन्ने हेतुले कार्यक्रमको आयोजना गरेको बताउनु भएको थियो ।

प्रमुख अथिति रहनु भएकाका सुर्यबहादुर पाख्रिनले कार्यक्रम गरेकोमा आशिष मण्डली लाई धन्यावाद तथा सहभागिहरुलाई उत्साह मिलेको बताउनु भयो ।

0 comments

Write Down Your Responses