Powered by Blogger.
नौखण्डेमा सोनाम ल्होछारको व्यापक तयारी


, ५ फागुन । मकवानपुरको टिस्टुङ गाविसको नौखण्डेमा २८ सय ५२ आंै टे (बाँदर)  सोनाम ल्होछारको अवसर परि बृहत सास्कृतिक कार्यक्रम गरिने भएको छ । 

‘आफ्नो भाषा, भेष र संस्कृतिको संरक्षण गरौ, आफ्नैपनमा रमाऔं’  भन्ने मुल नाराको साथ मनाउन ल्होछार मनाउन लागिएकोे हो ।

सोनाम ल्होछार मुल  समारोह समिति टिष्टुङ्ग ३, नौखण्डेको आयोजनामा हुन लागेको संस्कृतिक कार्यक्रममा फागुन ७ र ८ गते राष्ट्रिय कलाकारहरु र स्थानीय कलाकारहरु बेजोड प्रस्तुती रहने आयोजक कमिटिले जनाएको छ ।

कार्यक्रममा फागुन ७ गते चर्चित लोक दोहोरी गायक बद्री पंगेनी, फागुन ८ गते निमा रुम्बा समेत आउने तय भइसकेकोे बताइएको छ । सो कार्यक्रम भव्यताको साथ सफल पार्नको लागि आयोजक टिमले  सोनाम ल्होसारको शुभकामना दिन उपस्थितको लागि अनुरोध समेत गरेको छ ।

0 comments

Write Down Your Responses