Powered by Blogger.
पालुङमा आयो सहुलियतमा सुधारिएको चुलो


पालुङ, ५ माघ । भूकम्प पिडितहरुलाई लक्षित गरि थाहा नगरपालिकामा सुधारिएको चुलो सहुलियत रुपमा बिक्री वितरण भइरहेको छ ।

जिआईजेटइएनडिइभि र प्रोक्ट्रिकम एक्सन नेपालको सहयोगमा एक हप्ताको लागि ७५ प्रतिशत छुटमा सुधारिएको चुलो वितरण गरिरहेको हो । 

चिम्नी हुट चुलोको दिगो वजार व्यवस्थापनको लागि परिणाममुखी लगानी सहयोग परियोजना अन्र्तगत सुधारिएको स्वच्छ चुलो थाहा नगरमा ५ सय थान बिक्री वितरण गर्ने कार्यक्रम रहेको टियरफन्ट अन्तरगत जिपिकोर्पाजन कार्यक्रमका संयोजक सुवास श्रेष्ठले जानकारी दिनु भयो । 

थाहा नगरपालिका स्थित शिखरकोटको अल्पाइन विकास बैकको शाखा अगाडि रहेको अफिसबाट ४ हजार १ सय १३ रुपिंया पर्ने चुलोलाई ७५ प्रतिशत छुट दिई १ हजार २९ रुपैँयामा वितरण गरिरहेको उनले बताए  । 

सो चुलो लिनको लागि रातो कार्ड र मकवानपुर जिल्लाको परिचय खुल्ने नागरिताको प्रमाण प्रत्र पेश गर्नु पने उनको भनाई छ ।  सो चुलो प्रयोग गर्दा थोरै दाउरामा पनि खाना छिटै पाक्ने र सयमको पनि वचत हुने छ । सो चुलो हाल सम्म थाहा नगरपालिका अत्याधिक विक्री वितरण भई सकेको बताइन्छ । 



0 comments

Write Down Your Responses