Powered by Blogger.
थाहामा एमाओवादीको संगठन विस्तारले गति लियो


पालुङ, ५ फागुन । मकवानपुर जिल्लाको थाहा नगर पालिकाको १५ वटै वडामा एनेकपा माओवादीको वडा भेला तथा पुर्नगठन कार्यक्रम शुरु भएको छ । 

सोही कार्यक्र अन्तर्गत बुधबार थाहा नगर पालिका वडा नम्मर ११ को वडा कमिटी पुर्नगठन गरिएको छ । 
थाहा नगर कमिटीका उपाध्यक्ष विष्णु गोपालीको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा अध्यक्ष सुमन वाइवा, उपाध्यक्षमा मेगा गुरुङ, सचिवमा होमबहादुर भोम्जन, कोषध्यक्ष फुलमाया तितुङ चयन गरिएको नगर कमिटिका सचिव विनोद लामाले जानकारी दिनु भयो । 

त्यसै गरी  कमिटीका सदस्यमा वीरबहादुर वाइवा, पुर्णसिङ वाइवा, साँइला वाइवा, लंका वाइवा, शम्भु घलान, रेसम विक, चुनमाया भोम्जन ,अनिता मर्हजन, ठाकुरराम वाइवा चयन भएका छन् । यसैगरी रहरबहादुर घलान , प्रेमबहादुर घलान र श्याम गोलेलाई सल्लाहकार चयन गरिएको छ । सो कार्यक्रममा प्रमुख आतिथि समेत रहेका थाहा नगर कमिटी उपाध्यक्ष गोपालीले सबै पदाधिकारीहरुलाई भावि कार्यकालको लागि शुभकामना दिनु भएको थियो । 

मन्तब्यको क्रममा  जनकल्याण उच्च माबिको अध्यक्ष राजिव स्याङ्तानले राजनीति शिक्षा, समाज बिकास र ब्यक्तिगत चेतनाको निम्ति पनि अपरिहार्य रहेको र नीति निर्माण गर्ने निकायमा आफ्नो बर्गको प्रतिनिधी पठाउन सके बर्गिय हित हुने बताउनु भयो । नगर सचिब बिनोद लामाले विकास कोहि नेता या पार्टीको निगाह नभई जनताको अधिकार  भएको भन्दै बिकासको लागि आफै अघि बढ्नु पर्ने उल्लेख गर्नु भयो ।

त्यसो त यही फागुन १ गते महान जनयुद्ध दिवशको अवशर पारेर नगर कमिटीको कार्यालयको औपचारिक उद्घाटन पनि गरिएको थियो 




0 comments

Write Down Your Responses