Powered by Blogger.
प्रगतिशील महिला लेखक सङ्घको प्रथम वार्षिकोत्सव सम्पन्न


काठमाडौँ, १७ चैत । पशुपछी विकासमन्त्री शान्ता मानवीले मुलुकको नेतृत्वदायी स्थानमा महिलालाई पु¥याउन साहित्यमार्फत दबाब सिर्जना गर्नुपर्ने बताउनुभएको छ । 

प्रगतिशील महिला लेखक सङ्घको प्रथम वार्षिकोत्सवका अवसरमा बुत्रबारआयोजित कार्यक्रममा मन्त्री मानवीले साहित्यिक क्षेत्रमा पनि महिलाको सङ्ख्यात्मक वृद्धि हुनुपर्ने बताउनुभयो । उहाँले आगामी तीन वर्षभित्र नेपाललाई मासुजन्य खाद्यवस्तु, अन्डा र दूधमा आत्मनिर्भर बनाउने प्रतबद्धता मन्त्रालयले गरिसकेको जनाउदै त्यस अभियानमा सघाउन लेखकहरुलाई आग्रह गर्नुभयो । 

नेकपा (एमाले)का सांसद तथा साहित्यकार गौरा प्रसाईंले आफूले राजनीतिमा लाग्दाको तत्कालीन अवस्था र राज्यले हेर्ने दृष्टिकोणबारे चर्चा गर्दै महिला स्वयम् जुझारु नभएसम्म आफ्ना अधिकार प्राप्त गर्न नसक्ने बताउनुभयो । 

सङ्घका अध्यक्ष यशोदा अधिकारीले महिलाले लेखनमार्फत कुनै समस्याको उजागर गर्नेमात्र नभई समाधानका उपाय पनि देखाउन सक्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ नर्मदेश्वरी सत्याल, साहित्यकार बाबा बस्नेत, र डा फणिन्द्र निरौलाले लेखनका क्षेत्रमा महिलाहरु अग्रसर गराउन सङ्घले सफलता प्राप्त गरोस् भनी शुभकामना दिनुभएको थियो । 



0 comments

Write Down Your Responses