Powered by Blogger.
उत्तरी मकवानपुरमा मर्यादित ढंगले एसएलसी दिलाउन तयारी पुरा


रुपक कालिराज
पालुङ, १७ चैत । मकवानपुरको उत्तरी क्षेत्रमा पनि बिहिबारबाट शुरु हुने एसएलसी परिक्षाको सम्पूर्ण तयारी पुरा भएको छ । बुधबार जनकल्याण उच्च माविमा सरोकारवालाहरुसँग छलफल गरि सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको हो ।  

अन्तरक्रिया कार्यक्रममा बिहिबारबाट सञ्चालन हुने परिक्षा अनुशासित, मार्यदित र शान्तिपूर्ण वाताबरण सञ्चालन गर्नको लागि सबैको साथ सहयोग आवश्यक रहेको बताइयो । जनकल्याण उच्च माविमा ११ वटा विद्यालयको केन्द्र परेको केन्द्रका केन्द्रध्यक्ष सानोभाई कार्कीले बताउनु भयो ।

११ वटा विद्यालयका परिक्षा केन्द्र रहेको केन्द्रमा ४ सय १५ जना विद्यार्थीले परीक्षा दिने प्राचार्य कार्कीले बताउनु भयो । अपांङ्गता भएका विद्यार्थीहरुको लागि छुट्टै परीक्षा दिने व्यवस्था समेत रहेको केन्दा्रध्यक्ष कार्कीले जानकारी दिनुभयो । 

नेपाल भरी कै अनुशासित तथा मर्यादित ३ जिल्ला मध्ये मकवानपुर परेको बताउदै परिक्षा भर त्यस्ता कुनै पनि गतिविधि हुन नदिनको लागि सबै एक हुनु पर्नेमा जोड दिनु भयो ।  जनकल्याण उच्च माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजिवकुमार स्याङ्तानको अध्यक्षतामा भएको अन्तरक्रियामा विद्यार्थी, सह केन्द्राध्यक्ष लगायतले पालना गर्नू पर्ने नियम सुनाउदै सबै विद्यालयका शिक्षकहरुलाई विद्यार्थीमा आइपर्ने समस्याको बारेमा जानकारी गराउन आग्रह गर्नु भयो । 

अन्तरक्रियामा परिक्षामा सहभागि विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा प्रध्यानाध्यापक, राजनितिक दल, स्थानिय अभिभावक लगायतको सहभागिता रहेको थियो । जनकल्याण उच्च माविमा सह केद्राध्यक्षहरुमा कृष्णबहादुर विष्ट र मोहन सिंह वाईबा रहनु भएको छ । 

सो केन्द्रमा थाहा १ झम्केश्वरी माविबाट ५३ जना , मत्स्यनारायण माविबाट ५५ जना, ईन्द्रायणि माविबाट ३८ जना, लेकाली बसीफाँटबाट ३५ जना, हिमालयन बोर्डिङ स्कुलबाट ३० जना, सुन्दरी देवि मावि आग्राबाट ५१ जना, व्यास मावि गोगनेबाट ३७ जनाले परीक्षा दिँदैछन । 

त्यसैगरि कमला देवि मावि डाँडाखर्कबाट १६ जना, सरस्वति माविबाट २० जना, पालुङ इङिलस स्कुल बाट १० जना र पालुङ मोर्डन ईङ्लिस बाट २८ जनाले जनकल्याण उच्च मावि केन्द्रबाट परीक्षा दिँदैछन । 

त्यसै गरि मस्त्यनारायण मावि केन्द्रबाट नियमित तर्फ जनकल्याण उच्च माविका १ सय १६ जना र १ सय ४३ जना ११ वटा विद्यालयका इक्जाम्टेड परिक्षार्थी गरि २ सय ५९  जनाले परिक्षा दिँदैछन  । बसन्त राई केन्द्रध्यक्ष र विष्णुहरि ढकाल सह केन्द्राध्यक्ष रहनु भएको केन्द्रले परिक्षालाई अनुशासित, मार्यादित ढंगबाट सञ्चालन गर्नको लागि परिक्षा सम्मन्वयन समिति समेत गठन गरिएको छ  । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सानुभाई थापा संयोजक रहने गरि राजनीतिक पार्टिका २ जना, एक महिला र सहभागि विद्यालयका प्रध्यानाध्यापक गरि  ५ सदस्य हुने समिति गठन गरेको विद्यालयका प्रध्यानाध्यपक तथा सह केन्दा्रध्यक्ष विष्णुहरि ढकालले जानकारी दिनु भयो ।

त्यस्तै वज्रवाराही उच्च मावि केन्द्रमा बागेश्वारी मावि टिस्टुङ, सुनौला मावि थाहा कुञ्छाल, ,सरस्वती वालवोधनी मार्खु, इअन एकेडमी , सरस्वती ईङिलस गरि  १ सय ५४ जनाले परिक्षा दिँदै छन्  । यसैगरी सरस्वती वालवोधनी मावि मार्खु केन्दमा केन्द्रमा स्वच्छन्द भैरव उच्च मावि चिच्लाङ, बज्रवाराही उच्च मावि वज्रवाराही, महाचुनी उच्च मावि, फाखेल, कालिदेवि मावि फाखेल, पञ्चकन्या मावि, नाट्टेश्वार मावि टौखेल गरि ३ सय ९ जना विद्यार्थीले परिक्षा दिने छन्  ।

मकवानपुर जिल्ला भरिमा भने गत वर्ष भन्दा यस वर्ष १ हजार २ सय ७६ विद्यार्धी बढेको जनाइएको छ । यो पटक ७ हजार २ सय ७६ विद्यार्थीले परिक्षामा सामेल हुँदैछन  । त्यसमध्ये नियमित तर्फ  ६ हजार ९१ जना ,एक्जामिटेड तर्फ १ हजार १ सय ८५ विद्याथी रहेका छन्  । 

यस वर्ष १ सय ८७ जना विद्यार्थी परिक्षा दिनबाट अयोग्य ठहरिएको जिल्ला शिक्षा अधिकारी अम्बिका आचार्यले बताउनु भयो । परिक्षा दस्तुत नबुझाउने तथा शैक्षिक शत्र भित्रमा तोकिएको ७५ प्रतिशत हाजिरी नपुगेका विद्यार्थीलाई अयोग्य ठहर गरिएको आचार्यले बताउनु भयो । जिल्लाभरीमा कुल २४ परिक्षा केन्द्रमा १ सय २० विद्यालयका विद्यार्थीहरुले परिक्षा दिँदैछन  ।




0 comments

Write Down Your Responses