मन्दिर संरक्षणमा थाहाका युवाहरु जुर्मुराउँदै

थाहानगर,६ जेठ / उत्तरी मकवानपुरको थाहा नगरपालिका ७ डाडागाउँ अवस्थित रहेको सद्गुरु गोरखनाथ बाबाको मन्दिरको संरक्षणको लागि स्थानिय युवाहरु जुर्मराउन थालेका छन् । निमार्णर्धिन मन्दिरलाई अझ सु—व्यवस्थित पार्ने उद्देश्यले थाहाका यूवाहरुले मन्दिर संरक्षण समिति समेत गठन गरेका छन । मोवाईयल एसोसियसनका सदस्य समेत रहेका गणेश विष्टको अध्यक्षतामा ११ सदस्यीय मन्दिर संरक्षण समिति गठन गरिएको हो । समितिको सचिब आकृति विष्ट, कोषाध्यक्ष सिमरण खड्का, चयन भएका छन् । समितिको सदस्यहरुमा राजकुमार भुजेल, जितेन्द्र विष्ट, कृष्ण विष्ट, अनुप बस्नेत, दिपराज के.सी, दुर्गा विष्ट, विजय कुमार विष्ट, र प्रदिप विष्ट चयन भएका छन् ।

0 comments
Write Down Your Responses