Powered by Blogger.
मकवानपुरमा भुकम्प पिडितको गलत लथ्याङक सार्वजनिक, हल्लाको पछि नलाग्न आग्रह

मकवानपुर,६ जेठ / मकवानपुरका भुकम्प पीडित गलत तथ्याङक सार्वजनीक भएसगै अन्यौलमा परेका छन् । संघिय मामिला तथा स्थनिय विकास मन्त्रालयले प्रकाशन गरेको भन्दै विभिन्न अनलाइनले तथ्याङक सार्वजनीक गरेसँगै राहतको पर्खाईमा बसेका मकवानपुरका भुकम्प पीडित अन्योलमा परेका हुन् ।
 भुकम्प लगत संकलनबाट प्राप्त लाभग्राहीहरूको प्रारम्भिक सूचि छनोट अनुसार मकवानपुरमा अहिलेसम्म भार्ता र कुलेखानी गाविसको मात्र आधिकारीक रुपमा सुचि प्राप्त भएको जिल्ला विकास समिती मकवानपुरले जनाएको छ । भार्तामा २ सय ६२ र कुलेखानीमा ६ सय ४७ गरी अहिलेसम्म अधिकारीक भुकम्प पीडितको संख्या ९ सय ९ परिवार पिडीत रहेको उल्लेख छ ।
अन्य गाविसको भने तथ्याङक प्राप्त भईनसकेको स्थानीय विकास अधिकारी लक्ष्मण विक्रम थापाले बताउनुभयो । छिटो चर्चा कमाउने नाममा प्रमाणित नभएको तथ्याङ केन्द्रवाट कसैले लिक गरेको हुन सक्ने थापाको भनाई छ ।

0 comments

Write Down Your Responses