Powered by Blogger.
५ आदर्श दम्पति सम्मानित

असार २७, हेटौंडा / सुरक्षित भविष्यको लागि किशोरीमा लगानी भन्ने नारा सहित विश्व जनसंख्या दिवसको अवसरमा जिल्ला विकास समिति मकवानपुरले पाँच जोडी आदर्श दम्पत्तिलाई आज सम्मान गरेको छ । 
एक वा दुईवटा सन्तान भएर स्थायि बन्ध्याकरण गर्ने जिल्लाका ५ दम्पत्तिलाई आदर्श दम्पत्ति घोषण गरि नगद तथा दोसल्ला ओढाएर प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विकले सम्मान गर्नुभएको हो ।
सम्मानित हुनेहरुमा गाविस सचिव मिनराज कोइराला, रेशमबहादुर थिड, नवराज पौडेल, नारायण श्रेष्ठ र ठाकुर श्रेष्ठका दम्पत्ति रहेको सामाजिक विकास अधिकृत रामकृष्ण थापाले जानकारी दिनुभयो । स्थानिय विकास अधिकारी लक्ष्मण विक्रम थापाको सभाध्यक्षतामा भएको कार्यक्रममा तथ्यांक कार्यालयका नवराज पौडेलले जनसंख्याको कार्यपत्र तथा जिल्ला जन स्वास्थ्य कार्यालयका सुरेश यादवले स्वास्थ्य सेवा सम्वन्धि कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सम्मान कार्यक्रममा प्रहरी उपरिक्षक मिरा चौधरी, पत्रकार प्रताप विष्ट, राप्रपा नेपालका रामहरि न्यौपाने, नयाँ शक्ति नेपालका हरि कँडेल लगायतकाको आतिथ्यथा रहेको थियो । विगत एक दशक देखि जिल्ला विकास समिति मकवानपुरले आदर्श दम्पत्तिलाई सम्मान गर्दै आएको छ । 

0 comments

Write Down Your Responses