Powered by Blogger.
दक्ष जनशक्तिको अभाव रहेको अन्तक्रियाको निचोड

हेटौडा,२९ असार / श्रम तथा रोजगार मन्त्रालय र श्रम कार्यालय, मकवानपुरको संयुक्त आयोजनामा आद्योगिक क्षेत्रमा जनशक्तिको विद्यमान अवस्था र आवश्यकता विषयक अन्तक्र्रिया हेटौंडामा सम्पन्न भएकोछ । मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालयका उपसचिव जीवनकुमार राईले मकवानपुर लगायत आद्योगिक क्षेत्रहरुका लागि मन्त्रालयले कार्ययोजना बनाएर दक्ष जनशक्ति उत्पादन गर्ने कार्य अघि बढाएको जानकारी दिनु भएकोछ । कार्यक्रममा मउबासंघका कार्य समिति सदस्य शान्तिराम धिमालले पाठ्यक्रम अनुसार अध्ययन गरेका जनशक्तिको मकवानपुर लगायत देशैभरि नै अभाव रहेको बताउनु भयो । कार्यक्रममा सदस्य धिमालले पुरानै कोर्ष अनुसार नै पढाई भईरहेकाले समयसापेक्ष रुपका जनशक्तिको अभाव रहेकोले मन्त्रालयले यस तर्फ समेत सोच्न आग्रह गर्नुभयो ।
 अन्तक्र्रिया कार्यक्रममा हेटौंडा सिमेन्ट उद्योगका हितरत्न शाक्यले हेटौंडा सिमेन्ट उद्योगकै उदाहरण दिदंै सिमेन्ट उद्योगमा माईनिङ ईन्जिनियरको अहिले पनि आवश्यक रहेको तर विज्ञापन गर्दा समेत नपाएको बताउदै प्राविधिक सीप भएका जनशक्तिको औद्योगिक क्षेत्रमा अभाव नै रहेको बताउनु भयो । कार्यक्रममा मउबासंघका अध्यक्ष राजकुमार न्यौपानेले उद्योग खोलीसकेपछि उद्योगपति आफै पनि खोलिएको उद्योगको विषयमा थोरै भएपनि जानकार हुनैपर्ने उनको कथन थियो । कार्यक्रममा श्रम कार्यालयका श्यामकुमार श्रेष्ठ, मउबासंघका उपाध्यक्ष कृष्णकुमार गुप्ता, कोषाध्यक्ष प्रमोदसिंह रानाभाट, सदस्य काव्यमणि अधिकारी, रवी कँडेल शर्मा, जिफन्टका राजेन्द्र प्रसाद पौडेल लगायत ट्रेड युनियनका प्रतिनिधि, मकवानपुरमा विभिन्न उद्योग सञ्चालन गरिरहेका उद्योगी व्यवसायी लगायतको सहभागिता रहेको थियो । 

0 comments

Write Down Your Responses