Powered by Blogger.
क्षेत्रिय प्रशासकको विदाई

असार २७, हेटौंडा ÷ अफिसर्स क्लब मकवानपुरले मध्यमाञ्चल क्षेत्रिय प्रशासन कार्यालयका क्षेत्रिय प्रशासक मुकुन्दराज प्रकाश घिमिरेलाई एक कार्यक्रम विच विदाई गरेको छ । ५८ वर्षे उमेर हदका कारण सेवा सेवा निबृत्त भएका प्रशासक घिमिरेलाई प्रहरी नायब महानिरीक्षक पशुपति उपाध्याय, प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विक, अख्तियार प्रमुख डुल्लु बस्नेत, स्थानिय विकास अधिकारी लक्ष्मण विक्रम थापा, प्रहरी उपरिक्षक मिरा चौधरी लगायतले पुष्प गुच्छा सहित विदाई गर्नुभएको हो ।


साथै क्लबका अध्यक्ष एवम सहायक प्रमुख जिल्ला अधिकारी हरिराज पन्तले क्लबका प्रमुख संरक्षक समेत रहेका प्रशासक घिमिरेलाई मायाको चिनो खुकुरी प्रदान गर्नुभएको थियो । २०४४ साल असोज ५  गते निजामति सेवा प्रवेश गरेका घिमिरे उमेर हदका कारण असार २८ गते सेवा निबृत्त हुनु हुनेछ । विदाइ कार्यक्रममा जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरु, राजनैतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

0 comments

Write Down Your Responses