Powered by Blogger.
कोलोम्बो प्लानका महानिर्देशकमा चित्लाङका डा. लामिछाने छनौट


काठमाडौं, २३ असार । प्राविधिक शिक्षा तथा व्वायसायिक तालिम परिषद (सीटीइभीटी)का सदस्य सचिव डा.रामहरी लामिछाने कोलोम्बो प्लान स्टाफ कलेज फर टेक्निसियन एजुकेशन (सीपीएससी)को महानिर्देशकमा छनौट भएका छन् । 

छनौट समितिले बिहीबार शिक्षा सचिव विश्वप्रकाश पण्डितलाई लामिछाने छनौट भएको पत्र पठाएको हो ।  सो पदमा कुल २५ जनाको  आवेदन परेकामा अन्तमा ३ जना प्रारम्भीक चरणमा छनोट भएका थिए । सो पदमा नेपालबाट सर्टलिस्टमै पनि अहिलेसम्म का्ेही पनि परेका थिएनन् । 

भारत, पाकिस्तान र नेपालका आवेदक ‘सर्टलिष्ट’मा परेकामो नेपालका आवेदक लामिछाने महानर्देशकमा छनौट भएका हुन् ।दिर्घकालिन योजना, लक्ष्य, प्रस्तुतीकरण र अन्तरवार्ताको आधारमा उनी छानिएका हुन्  ।

फिलिपिन्सको मनिलामा रहेको सीपीएससीको कार्यालयमा जुन २३ मा छनौटको प्रक्रिया भएको थियो । यो संस्थाले नेपाल सहित १७ देशको प्राविधिक संस्थाहरु (नेपालको सीटीइभीटी जस्तै)को गुणात्मक अभिबृद्धिको क्षेत्रमा काम गर्दै आइरहेको छ । 

महानिर्देशकको कार्यकाल तीन बर्षको हुन्छ । काठमाडौं विश्वविद्यालयबाट विपन्न वर्गको प्राविधिक शिक्षामा पहुच बिषयमा विद्यावारिधि गरेका थिए । लामिछाने दामन पोष्ट राष्ट्रिय साप्ताहिकको स्थापनाकालदेखिकै सल्लाहकार समेत हुन् ।

को हुन् लामिछाने ?
थप यो पनि पढ्नुस्

0 comments

Write Down Your Responses