Powered by Blogger.
चटपटे बेचेको पैसा बृध्दाश्रमलाई हस्तान्तरण


हेटौंडा, असार २३ गते । हेटौंडाका किशोरीहरुले वृद्धवृद्धाप्रति सेवा र समर्पणको भाब प्रस्तुत गरेर एउटा अनुकरणीय काम गरेका छन् । ‘बृध्दबृध्दा समाजका जिँउदा इतिहास हुन् उनीहरुलाई माया प्रेम र सहानुभूति हामी सबैले गर्नुपर्दछ ।
’ 
आज वेमेन रुम रिलोडेड डब्लुबब्लुआर हेटौंडा मकवानपुरकी बिपन्नता शर्माले एक समारोहका बीच दिव्य सेवा निकेतन ज्येष्ठ नागरिक आश्रय स्थलका अध्यक्ष तेजराम निरौलालाई  १० हजार रुपैंया हस्तान्तरण गरिएको हो । 
कार्यक्रममा प्रमुख अतिथि आश्रमका प्रमुख सल्लाहकार केदार न्यौपानेले सेवा भावको यस महत्वपूर्ण कार्यको उच्च प्रशंसा गर्दै  सेवामा लाग्न सबैलाई अनुरोधगर्नु भयो ।

कार्यक्रममा कर्म्शिल युवा समाज सेवी   हिदम लामाले आफ्नो जन्म दिनको अबसर पारेर आश्रमलाई सेवा पुर्याउने उध्देश्यले  रु २५ हजार रुपैंया हस्तान्तरण गर्नु भयो । यसैगरी अर्का युवा समाजसेवी राज  कुमार तिमल्सिनाले पनि २५ हजार रुपैंया  प्रदान गर्नु भएको थियो ।

शाखा  मकवानपुरका अध्यक्ष चम्फुसिंह वाइवाको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा केन्द्रीय अध्यक्ष तेजराम निरौला समाजसेवीहरु यादव गजुरेल ,युक्तलाल बिश्वकर्मा , तेजप्रसाद रुपाखेती , भवानी शर्मा ,उत्तम शर्मा न्यौपाने   ,नबिन सिग्देल , सुनिल मोक्तान  लगायतले आश्रमले गरेको सेवाभावको चर्चा गर्नुभएको थियो । 

कार्यक्रम आश्रमका सदस्य बोलबहादुर कार्कीले संचालन गर्नुभएको थियो । कार्यक्रम समापन पश्चात आशृत बृध्दबृध्दाहरुलाई बिहानी भोजनको व्यवस्था डब्लुडब्लुआर मकवानपुरले गरेको थियो ।



0 comments

Write Down Your Responses