Powered by Blogger.
शिक्षकलाई डायरी वितरण


हेटौडा । श्री जनप्रिय श्रोत केन्द्र हेटौडा १९ हटियाको आयोजनामा हटिया, हर्नामाडीमा कार्यरत शिक्षकहरुलाई शिक्षण सिकाई क्रियाकलापलाई ब्यबस्थित र प्रभाबकारी बनाउने उध्देश्य अनुरुप शिक्षक डायरी वितरण गरिएको छ । 

मकवानपुरका जिल्ला शिक्षा अधिकारी अम्बिका प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा एक भव्य समारोहका बीच सम्पूर्ण शिक्षकहरुलाई डायरी वितरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि आचार्यले ‘बिद्यार्थीहरु प्रबिधिको क्षेत्रमा निकै अगाडी भईसकेका छन् त्यसैले हामीले पनि प्रबिधिको क्षेत्रमा भरपुर ज्ञान, सिप, दक्षता हासिल  गरि शिक्षण सिकाई क्रियाकलाप अगाडी बढाउनु पर्छ’ भन्नुभयो  । 

शिक्षकले डायरीलाई शिक्षण सिकाईको अभिन्न अंगको रुपमा लिई यसको अनिवार्य प्रयोग गर्न निर्देशन समेत दिनु भयो । शिक्षा अधिकारी आचार्यले २९ बर्ष सम्म शिक्षण पेशामा रही महत्वपूर्ण योगदान पुर्याउनुहुने श्री जनप्रिय उ.मा.बि.बाट अनिवार्य अबकास हुनु भएका शिक्षक शिवदयाल यादवलाई सम्मान पत्र र दोसल्ला ओडाई बिदाई गर्नु भएको थियो । शिक्षक यादवले शिक्षा क्षेत्रमा पुर्याउनु भएको योगदानको बक्ताहरुबाट उच्च सम्मान र प्रशंसा व्यक्त भएको थियो । 

कार्यक्रममा बिद्यालय निरीक्षक देवनारायण चौधरी, श्रोत व्यक्ति केशब संजेल , बिदाई तथा सम्मानित शिक्षक शिवदयाल यादव ,श्री जनप्रिय उ. मा. वि. का प्राचार्य धनिक लाल साह , जनप्रिय शिक्षक अभिभाबक संघका अध्यक्ष बिर बहादुर बिश्वकर्मा लगायतकाले आआफ्ना बिचारहरु राख्नु भएको थियो ।  कार्यक्रममा श्रोत केन्द्र स्तरीय शैक्षिक सामग्री निर्माण तर्फ पुरस्कृत हुनेहरुमा श्री भावना प्रा बि की शिक्षिका राधिका हुमागाई लाई प्रथम श्री ज्योति उ. मा. वि. का शिक्षक राजेन्द्र प्रसाद साह कानु लाई द्वितीय र श्री जनप्रिय उ मा वि का छात्र बुध्द लामा लाई तृतीय पुरस्कार प्रदान गरिएको थियो ।

 शिक्षक युक्तलाल बिश्वकर्माका अनुसार  कार्यक्रममा जनप्रिय उ. मा. वि. का भाईबहिनीहरुले आकर्षक नृत्यहरु प्रस्तुत गरि भरपुर मनोरन्जन प्रदान गरेका थिए भने दिव्य सेवा बाल क्लबका बिद्यार्थीहरुले अतिथि हरुलाई फूलका गुच्छा प्रदान गर्दै सामुहिक स्वागत गान गाएका थिए । 

कार्यक्रम श्रोत केन्द्र क्षेत्रीय उपसमितिका संयोजक रामआशिष मण्डलको अध्यक्षता र श्री त्रिभुवन मा. बि. का प्रधानाध्यापक शालिकराम शर्माको संचालनमा सम्पन्न भएको थियो ।                                  

0 comments

Write Down Your Responses