Powered by Blogger.
थाहा नगरमा किसान महासंघ अन्तर्गत महिला, युवा र तरकारी किसान संघ गठन


पालुङ । उत्तरी मकवानपुरको कृषि बाहुल्य क्षेत्र थाहा नगर पालिकामा अखिल नेपाल किसान महासंघ अन्तर्गत तीनवटा घटक संघहरुको अधिवेशन सम्पन्न भएको छ । 

शनिबार भएको अधिवेशनमा महासंघ अन्तर्गत तरकारी किसान संघ, महिला किसान संघ र युवा किसान संघका नगर कमिटीहरु गठन भएको हो ।

अधिवेशनको अखिल नेपाल किसान महासंघका सहअध्यक्ष केशवलाल श्रेष्ठले उद्घाटन गरेका थिए । कार्यक्रममा महासंघका उपाध्यक्ष तथा पूर्व कृषिमन्त्री हरि पराजुलीको विशेष आतिथ्यता थियो । 

कार्यक्रममा महासंघका केन्द्रीय सदस्य एकराज उप्रेती, एमाले मकवानपुरका उपसचिव मिना लामा, सचिवालय सदस्य तथा २ नम्मर क्षेत्र इन्चार्ज विष्णुप्रसाद ढकाल, जिल्ला कमिटी सदस्य तथा थाहा नगर इन्चार्ज रामचन्द्र बल, जिल्ला सदस्य इश्वर ढुङ्गाना, एमाले थाहा नगर कमिटी अध्यक्ष अच्यूतमप्रसाद ढकाल लगायतको उपस्थिति थियो ।

कार्यक्रममा पूर्व राष्ट्रिय प्रतिनिधी परिषद सदस्य महेश्वर सुबेदी, क्षेत्रीय कमिटी सचिव विमलकुमार ढकाल, अखिल नेपाल महिला किसान संघका जिल्ला अध्यक्ष सिता अधिकारी लगायतको उपस्थिति थियो । 
अधिवेशनले बिदुर केसीको अध्यक्षतामा १५ सदस्यीय युवा किसान संघ, साबित्री बस्नेतको अध्यक्षतामा १५ सदस्यीय महिला किसान संघ र कृष्णबहादुर थिङको अध्यक्षतामा १५ सदस्यीय युवा किसान संघको नगर कमिटी चयन गरेको छ । 

महासंघका नगर कमिटी अध्यक्ष हरिबोल बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पार्टी नगर कमिटी सचिव सुरेन्द्रमान प्रधानले गरेका थिए । 

अधिवेशनको बन्द सत्रको सञ्चालनका लागि एमाले जिल्ला सदस्य रामचन्द्र बलको अध्यक्षतामा ५ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको थियो । 

जसले सर्वसम्मत नेतृत्वका लागि पहल गरेको थियो । अध्यक्ष मण्डलमा इश्वर ढुङ्गाना, बिमल ढकाल, अच्यूतमप्रसाद ढकाल र शिवराम थापा थिए ।



0 comments

Write Down Your Responses