Powered by Blogger.
महिला उद्यमीसँग मउबासंघले साक्षात्कार गर्यो

हेटौंडा, २६ असार / मकवानपुर उद्योग वाणिज्य संघले आज महिला व्यवसायी तथा उद्यमीहरुसँग साक्षत्कार गरेको छ । मकवानपुरका १२ गाविसका २४ महिला उद्यमीहरुको टोलीसँग छलफल कार्यक्रम संघको सभाकक्षमा सम्पन्न गरेको हो  । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न गाविसका कृषि, घरेलु उद्योग, पशुपालन, सहकारी समूहमा आबद्ध महिला उद्यमीसँग साक्षात्कार गरेको हो । कार्यक्रममा महिला उद्यमीहरुले उत्पादन गरेका बस्तुले बजारमा समस्या झेल्नु परेको र यस प्रति मउबासंघले समेत सकारात्मक भूमिका खेलिदिन आग्रह गरिएको थियो । कार्यक्रममा बोल्नुहुदै अध्यक्ष न्यौपानेले महिला उद्यमीले उत्पादन गरेका वस्तुको बजारीकरणमा संघले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।  साक्षत्कार कार्यक्रममा आगामी केही दिनमा नै मउबासंघले साप्ताहिक हाटबजार लगाउने तर्फ अघि बढेको जानकारी दिईएको थियो । कार्यक्रममा महिला उद्यमीलाई टेवा पुर्याउने नै उद्येश्यले महिला उद्यमी विकास समिति समेत रहेको महिला उद्यमी विकास समितिकी सभापति निलम पाण्डेले जानकारी दिनु भयो । कार्यक्रममा महिला उद्यमी विकास समितिकी सभापति निलम पाण्डे, सल्लाहकार बालकृष्ण चौलागाई, महिला बालबालिका कार्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

0 comments

Write Down Your Responses