Powered by Blogger.
मकवानपुरमा पनि ‘प्रहरी मेरो साथी’

 असार २७, हेटौंडा ÷ नेपाल सरकारले नीति तथा कार्यक्रमभित्र समेटेर सञ्चालन गर्न लागेको प्रहरी मेरो साथी कार्यक्रम मकवानपुरमा पनि शुभारम्भ गरिएको छ । आज एक कार्यक्रमविच मध्य क्षेत्रिय प्रशासन कार्यालयका क्षेत्रिय प्रशासक मुकुन्दराज प्रकाश घिमिरेले प्रहरी मेरो साथीको ब्यानर अनावरण गरि शुभारम्भ गर्नुभएको हो ।
प्रहरी जनतासम्म पुग्नु तथा जनता पनि प्रहरी सम्म पुगेर गुनासाहरु गर्न सक्न यस कार्यक्रमले मद्दत पुग्ने क्षेत्रिय प्रशासक घिमिरेले बताउनु भयो । अपराधको अनुसन्धानगरि रोकथाम गर्नुका साथै समाजमा शान्ति सुव्यवस्था कायम गर्नु प्रहरीको मुख्य उद्देश्य भएकोले प्रहरी पनि समाजबाट अलग भएर बस्न नसकिने मध्य क्षेत्र प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक पशुपति उपाध्यायले बताउनु भयो । जनताबाट उठाइएका गुनासाहरुको जवाफ दिने क्रममा नायब महानिरीक्षक उपाध्यायले कानुनको अज्ञानताले हामीलाई अपराधी बनाउने खतरा रहेकाले प्रहरी मेरो साथी कार्यक्रम मार्फत प्रहरी र समुदाय विचमा कानुनको ज्ञान आदान प्रदानको वातावरण विकास हुने बताउनुभयो ।
प्रहरी उपरिक्षक एवम मकवानपुर प्रहरी प्रमुख मिरा चौधरीले स्वागत मन्तव्य राख्दै अपराधिलाई सजाय र पिडितलाई न्याय दिलाई अपराध निर्मुल पार्न यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा मध्य पृतन हेडक्वार्टरका पृतनापति, सह क्षेत्रिय प्रशासक, प्रमुख जिल्ला अधिकारी लगायतकाको आतिथ्यता रहेको थियो । प्रहरीको सम्पुर्ण गतिविधि विद्यार्थी तथा नागरिक समाजलाई जानकारी दिन जिल्ला प्रहरी कार्यालयको समेत अवलोकन गराइएको मकवानपुर प्रहरी प्रवक्ता नायब उपरिक्षक बामदेव गौतमले जानकारी दिनुभयो । नागरिक समाज, टोल विकास संस्था, सामुदायिक प्रहरी केन्द्र, विद्यार्थी, शिक्षक लगायतले प्रहरी मेरो साथीको ब्यानर सहितको र्यालीले नगर परिक्रम गरेको थियो ।

0 comments

Write Down Your Responses