Powered by Blogger.
बालश्रम न्युनिकरणका लागि अन्तक्र्रिया





हेटौडा,४ असोज । मकवानपुर उद्योग वाणिज्य संघ र बाल कल्याण समाजको संयुक्त आयोजनमा हेटौडामा आज एकदिने बालश्रम न्युनिकरण सम्बन्धी अन्तक्र्रिया गरेकोछ । संघको वस्तुगतसंघ अन्तर्गतको मकवानपुर होटल एशोसियसन पदाधिकारी तथा सदस्यहरुका लागि अभिमुखीकरण तथा अन्तत्र्रिmया गरेको हो । नेपाल सरकारको बालश्रम मुक्त गराउने अभियानलाई समेत सघाउ पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । 
अन्तक्र्रिया कार्यक्रममा मकवानपुरमा होटल, लज, रेष्टुरेण्ट, क्याफे सञ्चालन गरिरहेका करीब ३० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा मकवानपुर होटल एशोसियसनका अध्यक्ष एवम् होटल उभोकाडोका सञ्चालक भगीरथ शर्माले बालश्रमलाई रोक्न अभिभावकलाई पनि जिम्मेवार बनाउनु पर्नेमा जोड दिनु भएको छ । आफ्ना बालबालिकालाई सडकमा आउने वातावरण बनाउने अभिभावक समेत दोषी हुन् । यस तर्फ समेत सबैको ध्यान जानु जरुरी छ । 
कानून व्यवसायी मनप्रसाद भट्टराईले सहजीकरण गर्नु भएको कार्यक्रममा मउवासंघका उपाध्यक्ष कृष्णकुमार अग्रवालको प्रमुख आतिथ्यता रहेको थियो । अन्तक्र्रिया कार्यक्रममा महासचिव महेन्द्र राउत, सदस्य माधव न्यौपाने, कार्यकारी सचिव विवेक मानन्धर, कार्यक्रम अधिकृत देवराज पन्त, बाल कल्याण समाजका कार्यक्रम प्रबन्धक कमल फ्याल, सहजकर्ता श्रद्धा प्रधान, खोमराज श्रेष्ठलगायतको सहभागिता रहेको थियो । हेटौडा–उपमहानगरपालिकाको समन्वय र प्लान इन्टरनेशनलको सहयोगमा कार्यक्रम भएको हो । 

0 comments

Write Down Your Responses