Powered by Blogger.
खुल्ला दौड प्रतियोगितामा गुरुङ प्रथम

हेटौडा,४ असोज ÷ संविधान दिवस २०७३ को अवसरमा आज हेटौडामा भएको खुल्ला दौड प्रतियोगितामा भुपेन्द्र गुरुङ प्रथम भएका छन । ‘स्वास्थ्यका लागि खेलकुद,राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराको साथ आयोजना गरेको प्रतियोगितामा गुरुङ प्रथम भए स“गै नगद २ हजार सहित प्रमाण–प्रत्र प्राप्त गरेका छन  ।

हेटौडाको वन विज्ञान अध्यायन संस्थानको गेट देखि मकवानपुर उद्योग वाणिज्या सम्म २ किलोमिटर दौड प्रतियोगितामा कमल आचार्य द्धितिय, रोशन ठकुरी तृतिय र दिपक कालिराज सान्त्वना भएका छन ।  द्धितिय, तृतिय र सान्त्वना स्थान हासिल भएकाहरुलाई क्रमशः १ हजार ५ सय र ५—५ सय नगद सहित प्रमाण प्रत्र प्राप्त गरेका छन ।
 नेपाली सेना सहित स्थानिय युवाहरु गरि ९ जनाको सहभागिता रहेको प्रतियोगितामा क्षेत्र नं. १ का सासद इन्द्र बहादुर वानिया,खेलकुद विकास समिति प्रतिनिधिहरु,विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो । 
 सांसद वाँनियाले जनताको लागि जनताले नै लेखेको संविधान भएको बताउदै संविधान एक वर्ष पुरा भएको सम्झाना तथा संविधान सबैको हितको निम्ति जारि भएको महसुश गराउनको लागि प्रतियोगिता आयोजना गरिएको बताउनु भयो । 

0 comments

Write Down Your Responses