Powered by Blogger.
प्रेस सोसाईटी मकवानपुरको संयोजकमा ढोडारी


असोज ३, मकवानपुर /  नेपाल प्रेस सोसाईटीको जिल्ला परिषद् संयोजक मनोज ढोडारी चयन भएका छन् । सोमबार सोसाइटीको प्रथम जिल्ला भेलाको बन्द सत्रले ढोडारी सहित १९ सदस्यिय जिल्ला परिषद् सर्वसम्मत चयन गरेको को । नव गठित परिषद्को सहसंयोजकद्वय केशव समर्पण र जि न्यौपाने रहेका छन् । त्यस्तै सदस्यहरु बलराम पुडासैनी, केदार ढकाल, शुशिला राई, विन्दबासिनि कंसाकार, नवराज वाइवा, सि एम रिमाल, अनन्त ढकाल, सलिना ढुंगेल, मनिता राना, विराज गौतम,शसांक तामाङ सन्देश थिङ, विश्वराज गौतम, धनकुमार लामा लगायत रहेका छन् ।
त्यस्तै परिषद्को सल्लाहकारमा अजिव भट्टराई, सुवास तिवारी, सपना कँडेल शंकर खतिवडा रहेका छन् । त्यस्तै प्रादेशिक परिषद्को प्रतिनिधिमा सपना कँडेल, केदार ढकाल, केशव समर्पण र जि न्यौपानेलाई तोकिएको छ ।  नव गठित कमिटिका संयोजक ढोडारीले सिंगो प्रेस जगतको विकास गर्दै पत्रकारको हक अधिकार र श्रमका मुद्धलाई प्राथमिकताका साथ लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।   सबै पदाधिकारीहरुलाई नेपाल प्रेस सोसाईटीका ३ नंम्बर प्रदेश संयोजक योगेन्द्र प्रताप शाहिले सदस्यता प्रमाण पत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा नयाँ शक्ति मकवानपुरका जिल्ला सह संयोजक विवेक वाइवा, जीवनमान मोक्तान, ज्योति रायमाझिले बधाई तथा शुभकामना दिदै आर्थिक समृद्धिको पत्रकारितामा लाग्न आग्रह गर्नुभएको थियो ।

0 comments

Write Down Your Responses