Powered by Blogger.
थाहा महोत्सवमा ओलीले भने ‘कृषि र पर्यटनलाई बढवा दिन अग्रसर छु’


पालुङ, २९ भदौ ।  नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले थाहा नगर पालिकाको कृषि र पर्यटनको विकासको लागि आफूले पहल गर्ने बताएका छन् । 

मकवानपुरको  उत्तरी पर्यटकीय थाहा नगरमा बुधबाररबाट सुरु भएको दोश्रो थाहा महोत्सव उउद्घाटन गर्दै गर्दै पूर्व प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष ओलीले थाहा नगरपालिकासँग आफ्नो भावानात्मक नाता समेत रहेको बताए । आफु प्रधानमन्त्री हुँदा थाहा नगरपालिकालाई पर्यटकीय नगर बनाउन बजेट समेत विनयोजन गरेको स्मरण गर्दै उनले भने, ‘ यहाँ आधुनिक कृषि प्रणाली तथा पर्यटनलाई बढवा दिनको लागि म अग्रसर भएर लाग्नेछु ।’
अध्यक्ष ओलीले  रुपचन्द्र विष्टले सुरु गरेको “थाहा” एक जागरण अभियान भएको  समेत बताए । रुपचन्द्र विष्ट एक असाधरण व्यक्तित्व रहेको स्मरण गर्दै ओलीले थाहा अभियन्ता विष्टको बाटोमा लागे मुलुकले निकै प्रगति गर्ने बताए । ओलीले थाहा नगरको विकासको लागि एमालेको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

 थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा नेकपा एमालेका केन्द्रीय नेताहरु, विभिन्न राजनीतिक दलका मकवानपुर प्रमुख तथा प्रतिनिधि, विभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो ।

असोज ८ गतेसम्म चल्ने महोत्सवमा २१० वटा स्टलहरु रहेका छन् ।  

एमालेलाई नपछ्याई सुखै छैनः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझ १० वर्षसम्म मुलुकमा जुनसुकै दलको सरकार आए पनि एमालेकै बाटोमा हिड्ने बताएका छन् । 

उत्तरी पर्यटकीय थाहा नगरमा मंगलबार भएको पाटी कार्यकर्ताहरुको भेलामा अध्यक्ष ओलीले अहिलेसम्मको सरकारले गर्न नसकेको चमत्कारिक निर्णय र नीति एमालेले सरकारमा हुँदा गरेकोेले अब त्यसकै आधारमा अबको सरकार र अरु पार्टीले पछ्याउँदै काम गर्ने उल्लेख गरे । कुनै निर्णय र नयाँ काम गर्दा छिमेकी रिसाउला कि भनेर नगर्ने परिपार्टीलाई एमालेले तोडेको उनको भनाइ थियो । उनले भने ‘छिमेकीको रिसाउँदैमा आफ्नो घरमा चुलो बाल्न नहुने मानसिकता’बाट मुक्त हुनुपर्छ । ओलीले आफै आत्मनिर्भर हुनुपर्नेमा जोड गरेका हुन् ।

नेकपा एमाले थाहानगर कमिटीको आयोजनामा थाहानगरको विकास घरमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा ओलीले यस्तो बताएका हुन् । विद्रोही र जनताका नेता रुपचन्द्र विष्टलाई सम्झदै उनले शालिकमा माल्यार्पण समेत गरेका थिए । कार्यक्रममा उनले रुपचन्द्रले विकासको विजारोपण गरेको थाहानगरमा कृषि र कृषिजन्य उद्योगको विकास गर्नुपर्ने सुझाए । नेपाली गरिब कहिल्यै नहुने र आफू गरिब छु भन्ने मानसिकताबाट टाढा  हुनपर्ने ओलीको भनाइ थियो । 

आफ्नै देशमा सबै स्रोत र साधनको मूल भएको उल्लेख गर्दै अब सदुपयोग गर्न अघि सर्नुपर्ने उनको भनाइ थियो । नेकपा एमाले थाहानगर कमिटीको आयोजनामा भएको कार्यक्रमलार्ई संवोधन गर्दै पुर्व प्रधानमन्त्री  ओलीले नेपालको संविधानलाई कार्यन्वयन नगर्ने तत्वहरु सक्रिय भएको बताएका छन् । विभिन्न बाहानामा संविधानलाई कार्यन्वयन हुनु पूर्व नै बाटो मोडिदिएपछि पछि कार्यान्वयनको बाटो नै टुट्ने भएकोले अरु  दलहरु त्यसको खेलमा लागेको उनको आरोप थियो । 

कार्यक्रमको अवसरमा एमाले थाहानगर कमिटी अध्यक्ष अच्युतम प्रसाद ढकालले नगरको वस्तुस्थिती तथा राजनीतिक अवस्थाको विषयमा जानकारी गराएका थिए । अध्यक्ष ढकालको सभाध्यक्षतामा भएको कार्यक्रममा  एमालेका पोलिटब्युरो सदस्य काशीनाथ अधिकारी, केन्द्रीय सदस्य केदार न्यौपाने, विरोध खतिवडा, एमाले जिल्ला अध्यक्ष मुनु सिग्देल, २ नंबर क्षेत्रका सांसद सुभाषचन्द्र ठकुरी, ३ नम्बर क्षेत्रका सांसद अनन्त पौडेल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको अवसरमा पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीलाई थाहानगर कमिटिले मायाको चीनो प्रदान गरेको थियो ।

भेला हुनु अघि एमाले कार्यकर्ताहरुले अध्यक्ष ओलीलाई कार्यकर्ताहरुले शिखरकोटमा फुलमाला लगाएर स्वागत गरेका थिए ।




0 comments

Write Down Your Responses