Powered by Blogger.
इन्जिनीयरीङ क्षेत्रमा नयाँ तरंग आउने गरी काम गर्नेछौं

डा. सुमीत्रा अमात्य
अध्यक्षका प्रत्यासी , नेपाल इन्जिनियर एशोसिएशन

आर्किटेक्ट इन्जीनीयरीङमा नेपालबाट विद्यावारिधी गर्ने पहिलो महिला डा. सुमित्रा अमात्य अहिले नेपाल इन्जिनियर्स एशोसिएसनको ३१ औं कार्यकारी परिषद एवं नेपाल इन्जिनियरिङ परिषदको चुनावमा प्रगतिशील तथा पेशागत ईन्जिनियर समूहबाट अध्यक्षको उम्मेदवार बन्नुभएको छ ।

२० वर्ष यस क्षेत्रको अनुभव सँगाल्नुभएका अमात्य राष्ट्रिय योजना आयोगको पुर्वसदस्य पनि हुनुहुन्छ । लामो समय प्राध्यापन पेशामा बिताउनुभएकी र फोहोरमैला व्यवस्थापन परिचालन केन्द्रको कार्यकारी निर्देशकका रुपमा पनि काम गर्नुभयो । 

३६ हजार इन्जिनीयर पेशाकर्मीहरुको आशाको केन्द्र  केही गर्ने संगठनका रुपमा एशोसियशनलाई परिचालन गर्न हश्तक्षेप गर्ने बेला आइसकेको उहाँको बुझाई छ । इन्जिनियर क्षेत्रमा प्रतिष्ठा, पहिचान र श्रद्धापूर्ण व्यक्तित्व निर्माण गर्नुभएकी अमात्य आफ्नो मात्र होइन सिङ्गो टिमले यसपटक विजय पाउनेमा आशावादी हुनुहुन्छ । 

नेपाल इन्जिनियरिङ एशोसियशनको  चुनावमा प्रगतिशील तथा पेशागत ईन्जिनियर समूहको तर्फबाट  मैदानमा हुनुहुन्छ, एजेन्डा के छ ?

हामी अहिले प्रगतिशील तथा पेशागत ईन्जिनियर समूहलाई विजयी बनाऔं, नेपाल इन्जिनियर्स एशोसिएसनमा अग्रगामी परिवर्तन गरौं’ भन्ने मूल नारासहित चुनावी मैदानमा उत्रिएका छौँ । 

चुनाव यही भदौ ३१ गते हुँदैछ । नेपाल इन्जिनियर्स एशोसिएसन भनेको सबै पेशाकर्मी ईन्जिनियरहरुको हक र हितमा काम गर्ने संस्था हो । यसले सरकारलाई दबाबमूलक सुझाव दिन्छ । सबै ईन्जिनियरलाई यो संस्था मेरो हो भन्ने भावनाको विकास गराउन मैले उम्मेदवारी दिएकी हुँ । 

आगामी सोच के छ एशोसिएशन अघि बढाउने ?

 हाम्रा सोच कार्यान्वयन हुन्छन् भन्नेमा हामी विश्वस्त छौं ।  उक्त सोचलाई परिपूर्ति गर्न हामीसँग निश्चित उद्देश्य छन् । उद्देश्य प्राप्तिका लागि हामीसँग रणनीतिहरु छन् । रणनीतिमा टेकेर हामीले कार्यनीति पनि बनाएका छौँ । एउटा निश्चित योजना पनि हामीले बनाएका छौँ । 

हामीले दूरदराजमा रहेका इन्जिनियर्सको अवस्थाबारे पनि बुझेका छौँ । कतिपय ठाउँमा नेपाल इन्जिनियर्स एशोसिएसन भनेको के हो भनेर थाहा नपाउने साथीहरु पनि भेटिनुभयो । उहाँहरुलाई यो संस्थामा आबद्ध गराएर बढ्ने लक्ष्य लिएका छौँ । धेरै इन्जिनियर भएको क्षेत्र काठमाडौँ हो, हामी सबैकहाँ पुगेका छौँ ।

नेपाल इन्जिनियर्स एशोसिएसनलाई यस्तो बनाउँछु भन्ने निश्चित योजना त होलान् नि तपाईँको ?

सबैभन्दा पहिला त २०७२ वैशाख १२ र २९ गते गएको बिनासकारी भूकम्पका कारण देशले भौतिक पूर्वाधार, सम्पत्ति र धनजनको ठूलो क्षति भयो । उक्त क्षति र त्यसबाट उत्पन्न मानसिक त्रासबाट उन्मुक्ति दिलाएर जनतामा फेरि भरोसा र आशाको किरण छर्न सबै ईन्जिनियरहरुले प्रदर्शन गरेको हिम्मत, मिहिनेत र पसिनालाई जनताले उच्च मुल्यांकन गरेका छन् । क्षतिग्रस्त भवन एवं पूर्वाधारहरुको पुनःनिर्माणलाई तीव्र गतिमा अगाडि बढाउन दबाबमूलक पहल गर्नु तात्कालिक कार्यभार रहेको यथार्थलाई हामीले गम्भीरताका साथ महसुस गरेका छौैं ।

सन् २०३० सम्म हालको ‘अल्पविकसित मुलुक’को तहबाट ‘विकासशील मुलुक’को हैसियत आर्जन गर्नको लागि व्यापक पूर्वाधार एवं नवनिर्माणका कार्यहरुलाई नवीन सपना, कल्पना र सोचका साथ कार्यान्वयनमा लैजान हामी ईन्जिनियरहरुको सकारात्मक र रचनात्मक भूमिका रहने गर्छ ।

साथै, देशको राजनीतिक खिचातानी र नाकाबन्दीका कारण उत्पन्न असहज परिस्थिति र त्यसबाट हिमालदेखि तराईसम्मका जनताले व्यहोर्नुपरेकोे इन्धन र ऊर्जाका अतिरिक्त अभावलाई हामीले मिहीन ढंगले अनुभूत गरेका छौं । विषम र प्रतिकूल अवस्थामा समेत जनताद्वारा प्रदर्शित स्वाधीन र स्वाभिमानरुपी उच्च भावनालाई पूर्ण आदरपूर्वक सलाम गर्दै अब ऊर्जा र इन्धनसम्बन्धी निर्माण आयोजनालाई तीव्र गतिमा अगाडि बढाउनका लागि दबाव दिनु हामो अर्को महत्वपूर्ण कार्यभार हो ।

सन् २०३० सम्म हालको ‘अल्पविकसित मुलुक’को तहबाट ‘विकासशील मुलुक’को हैसियत आर्जन गर्नको लागि व्यापक पूर्वाधार एवं नवनिर्माणका कार्यहरुलाई नवीन सपना, कल्पना र सोचका साथ कार्यान्वयनमा लैजान हामी ईन्जिनियरहरुको सकारात्मक र रचनात्मक भूमिका रहने गर्छ ।

तर यी सबै काम गर्नका लागि प्रथमतः आफ्नो घर परिवार अर्थात संगठनलाई ईन्जिनियरहरुको हक, हितमा समर्पित गर्दै देशले लिइरहेको संवैधानिक संरचनाअनुरुप रुपान्तरित, स्थापित र व्यवस्थित गर्नु हाम्रो प्रथम कार्यभार हुनेछ । यिनै पक्षलाई परिपुर्ति गर्न गतिशील नेतृत्वमा सक्षम र गतिशील युवा उम्मेदवारहरु समेटी हामी चुनावी मैदानमा होमिएका छौँ ।

अन्य तपाईंहरुका योजना केके छन् ?

पहिलो त, नेपाल इन्जिनियर्स एशोसिएसनको काम इन्जिनियर्सहरुको हक, हितको संरक्षण तथा संस्थागत गर्नुमा नै केन्द्रित हुनेछ । यसका लागि नीतिगत, कानुनी प्रक्रिया वा दबावमुलक जेजस्तो काम गर्नुपर्ने हो, सोका लागि कटिबद्ध रहने प्रतिबद्धता जाहेर गर्दछु । संगठनलाई आम इन्जिनियरहरुको अपनत्व महसुस हुने गरी पेशागत, पारदर्शी, निष्पक्ष र समावेशी संस्थाको रुपमा विकास गर्नेछौं र संस्थालाई अग्रगति दिनेछौं ।

हाल देशका विभिन्न स्थानहरुमा ईन्जिनियरहरुमाथि बढ्दै गएका दुव्यर्वहारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ र यस्ता अशोभनीय र कानुन विपरीतका गतिविधिहरुको सशक्त ढंगबाट प्रतिवाद गर्दै आम ईन्जिनियरहरुको मर्यादा र प्रतिष्ठालाई उच्च राख्न संरक्षक संस्थाको रुपमा भूमिका निर्वाह गर्नेछौं ।

विदेशमा रहेका आम ईन्जिनियरहरुलाई नेईएको निर्वाचनमा मतदान गर्न पाउने अधिकारको सुनिश्चितता गर्नेछौं । समाजप्रतिको कर्तव्य र जिम्मेवारीबोधका साथ सम्पूर्ण ईन्जिनियरहरुलाई विकास निर्माणका अभियानमा लाग्नका लागि उत्प्रेरकको भूमिका निर्वाह गर्नेछौं । सुशासन, सामाजिक न्याय तथा दिगो विकासको लक्ष्य प्राप्तिका लागि आम ईन्जिनियरहरुको सहभागिता सुनिश्चित गर्दै राज्य एवं सम्बन्धित निकायहरुसँग समन्वय गरी मार्गदर्शक भूमिका निर्वाह गर्नेछौं । 

भौतिक पूर्वाधार विकासका विभिन्न आयामहरुमा अध्ययन अनुसन्धान गरी नीति निर्माणमा सहयोग पु¥याउन ‘थिङ्क ट्याङ्क’को रुपमा भूमिका निर्वाह गर्ने गरी ‘राष्ट्रिय पूर्वाधार नीति अध्ययन प्रतिष्ठान’ गठनको लागि पहल गर्नेछु । साथै, इन्जिनियरिङ शिक्षा र क्षमता अभिवृद्धि गर्ने हाम्रो लक्ष्य रहेको छ ।आम ईन्जिनियरहरुलाई अध्यावधिक गर्दै वृत्ति विकास गर्न र देशको विकास निर्माणका लागि चाहिने दक्ष जनशक्ति विकासको लागि इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्ने प्रयासलाई मूर्त रुप दिनेछौं ।

त्यसका लागि इन्जिनियरिङ शिक्षाको गुणस्तरको अभिवृद्धि गर्दै नेपाललाई दक्षिण एसियामै ‘इन्जिनियरिङ शिक्षाको विशिष्ट केन्द्र’ बनाउनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नेछौं । आम ईन्जिनियरहरुलाई अध्यावधिक गर्दै वृत्ति विकास गर्न र देशको विकास निर्माणका लागि चाहिने दक्ष जनशक्ति विकासको लागि इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्ने प्रयासलाई मूर्त रुप दिनेछौं ।

हामी रोजगारी सिर्जना र उद्यमशीलताको विकास गर्नेछौँ । त्यसका लागि एक गाविस एक ईन्जिनियर र एक जिल्ला एक सूचना प्रविधि केन्द्र स्थापना गर्न विशेष पहल गर्नेछौं । ‘अबको विकास, सूचना र प्रविधिको साथ’ भन्ने नाराका साथ सूचना प्रविधिसँग सम्बन्धित इन्जिनियरिङ जनशक्तिलाई राष्ट्र निर्माणमा आकर्षित गरी देशको दिगो विकासका लागि आवश्यक नीति तथा स्पष्ट कार्यक्रमहरु तय गर्न सरकारसँग माग गर्नेछौं । सम्मान र उत्प्रेरणाको भावनाको विकास गर्नेछौँ ।

विगतमा म योजना आयोगमा रहेकी बेला पूर्वाधार क्षेत्र हेर्ने जिम्मेवारी पाएकी थिएँ । मैले त्यहाँबाट पनि धेरै थाहा पाएँ । म त्यो अनुभवलाई पनि अध्यक्ष भएपछि प्रयोगमा ल्याउनेछु । देश विकासको आधार भनेको पूर्वाधार नै हो । पूर्वाधार विकासका लागि इन्जिनियर्स नै चाहिन्छ । त्यसैले उहाँहरुलाई असल जिम्मेवारी दिनुपर्छ । यो आर्थिक वर्षको बजेट पूर्वाधारमैत्री बजेट छ । यो बजेटलाई कार्यान्वयन गर्नु अहिलेको आवश्यकता हो । यो बजेट बनाउनेमा म एक भएको हुनाले पनि मैले अध्यक्षको जिम्मेवारी पाउनुपर्छ भन्ने लागेको छ ।

अहिले अध्यक्षका उम्मेदवार पाँच जना छन् । तपाईँलाई नै भोट दिने आधार के छ ?

म लामो समय परामर्शदाताका रुपमा स्वदेश तथा विदेशमा काम गरेकी व्यक्ति हुँ । प्राध्यापन क्षेत्रमा रहेर लामो समय पुल्चोक इन्जिनियरिङ कलेजमा पनि पढाएँ । सरकारको नियम कानुनको परिधिभित्र रहेर फोहोर–मैला व्यवस्थापनको क्षेत्रमा लामो समय नेतृत्व गरेँ । 

त्यति मात्र होइन देशको १४ योजना आयोगको त्रिवर्षीय आधारपत्र योजना आयोगमा रहेर तयार पारेँ । यी कुराले गर्दा म नै अध्यक्ष बन्नुपर्छ भन्ने आम इन्जिनियर्सहरुको आवाज छ ।

पेशागत संस्थामा बढी राजनीति भयो भनिन्छ नी ?

राजनीति सबैतिर छ । राजनीति असल कुरा हो । तर, जहाँ राजनीतिकरण र अराजनीतिक अवस्था हुन्छ । त्यहाँ समस्या हुन्छ । म राजनीतिकरण र अराजनीतिक अवस्था आउन दिने छैन । राजनीति त असल कामका लागि गर्ने हो । 

हजारौँ युवाहरु विदेशलाई बनाउन गए, अब युवालाई विदेश बनाउने होइन नेपाल बनाउने काममा लगाउने क्षमता भएको व्यक्ति पनि म नै हुँ । मैले यसअघि जेजे जिम्मेवारी सम्हालेँ, त्यहाँ राम्रो काम गरेर देखाएकी छु । म नेपालको पहिलो महिला आर्किटेक्ट ईन्जिनियर पनि हुँ । म काम गर्नका लागि जान लागेकी हुँ ।

 योजना आयोगलगायत महत्वपूर्ण ठाउँमा बसेर मैले काम गरिसकेको हुनाले मलाई चिनिन आवश्यक छैन । मैले फोहोर–मैलाको क्षेत्रमा काम गरेपछि जताततै ‘फोहोरमा मोहोर’ खोज्न थालेका थिए । म पनि अध्यक्ष भएपछि सबैतिर इन्जिनियर्स नै ईन्जिनियर बनाउँछु ।

तपाईं अध्यक्ष भएपछि संस्थामा एमालेकरण हुन्छ भन्ने चर्चा छ नी  ?

राजनीति सबैतिर छ । राजनीति असल कुरा हो । तर, जहाँ राजनीतिकरण र अराजनीतिक अवस्था हुन्छ । त्यहाँ समस्या हुन्छ । म राजनीतिकरण र अराजनीतिक अवस्था आउन दिने छैन । राजनीति त असल कामका लागि गर्ने हो । योजना आयोगमा छँदा प्रगतिशील बजेट बनाएर आएकी व्यक्ति हुँ म । 

अन्त्यमा ?

ऊर्जा र इन्धन सम्बन्धी निर्माण आयोजनालाई तीव्र गतिमा अगाडि बढाउनका लागि दबाव दिनु नेईएको अर्को महत्वपूर्ण तत्कालिक कार्यभार हुनेछ । 

देशलाई सन् २०३० सम्ममा हालको ’अल्पविकसित मुलुक’को तहबाट ’विकासशील मुलुक’को हैसियतमा पुर्याउने त भनियो तर  यसकोलागि व्यापक पूर्वाधार एवं नवनिर्माणका कार्यहरुलाई नवीन सपना, कल्पना र सोंचका साथ कार्यान्वयनमा लैजान आवश्यक छ यसमा हामी इन्जिनियरहरुको सकरात्मक र रचनात्मक भूमिका हुनुपर्छ भन्ने मैले बुझेकी छु । 

मुलुकको वर्तमान १४औं त्रिवर्षीय योजनाको आधारपत्र तयार गर्ने कार्यमा पनि म थिए । जसमा मैले मुलुकको पूर्वाधार विकास र पुनःनिर्माणलाई जोड दिएकी छु । यो कुरा मैले राम्रोसँग बुझेकी छु ।   अर्को  कार्यभार यसमा केन्द्रीत हुनेछ ।




0 comments

Write Down Your Responses